क्यानेडियन नेवाः गुठी द्वारा नेपाल भाषा गूगल अनुबादको लागि सस्थागत अनुबाद सत्र संचालन

इनेप्लिज २०७८ जेठ २१ गते २३:१५ मा प्रकाशित

टोरोन्टो, वर्ल्ड नेवाः अर्गनाइजेसनको नेतॄत्वमा हाल भैरहेको नेपाल भाषालाई गूगलको अनुबाद सेवामा सूचिकृत गर्ने सामुदायिक अभियान अन्तर्गत क्यानेडियान नेवाःगुठीले सस्थागत रुपमा योगदान गर्न संचालन गरेको अंग्रेजी- नेपाल भाषा अनुबाद सत्र अन्तिम चरणमा पुगेको छ।नेपाल भाषालाई गूगल मार्फत विश्व ब्यापी बनाई यस्को स्थायित्व र निरन्तरताको पबित्र उद्देश्यलाई सहयोग गर्न क्यानेडियन नेवाः गुठीले गत मे महिना देखि ४ हप्ताको लागि प्र्त्येक साँझ १ घण्टा ३० मिनेटको अनुबाद सत्र संचालन गर्दै आएको छ भने अनुबाद कार्यमा गुठीका उपाध्य्क्ष उत्तम माकजु,महा सचिब बिमल मान श्रेष्ठ,सचिब डा.प्रज्वल प्रधान, कोषाध्यक्ष नरेश ताम्राकार,कार्यसमिति सदश्य बिनोद श्रेष्ठको समुह सक्रियताका साथ लागिरहेका छन।

गूगलले सन २००६ देखि “स्टास्टिकल मेशिन ट्रान्सलेसन” अन्तर्गत अनुबाद सेवा प्रदान गर्दै आएकोमा सन २०१६ देखि “न्युरो मेशिन ट्रान्सलेसन इंजिन ” मार्फत पूरै बाक्यको अनुबाद सेवा प्रदान गर्दै आएको छ भने अहिले सम्म विश्वका १०९ भाषाहरुको अनुबाद सेवा लिन सकिन्छ।सो सेवामा सुचिकृत हुन हाल विश्वका अरु १२४ भाषाहरुले प्रयास गर्दै आएको छ भने नेपाल भाषा यो सेवामा सूचिकृत हुन अन्तिम चरणमा पुगेको छ।

गूगलको अनुबाद सेवामा सूचिकृत हुन आबश्यक पूर्बाधारहरु दिइएको समय सीमामा पूरा गर्नको लागि वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल लगायत विश्व भर छरिएर रहेका नेवाः समुदायको सहयोगको हार्दिक आव्हान गरे अनुसार सबैको सहयोगले आबश्यक पुर्बाधारहरु अन्तिम चरणमा पुगि सकेको छ। यसै सन्दर्भमा यो अभियानको प्रगति बारे छलफल र अध्याबधि गर्न वर्ल्ड नेवाःअर्गनाइजेसनले शनिबार जुन ५ तारिखका दिन नेपाली समय अनुसार साँझ ७ः००बजे (ईस्टर्न डे लाइट टाइम बिहान ९ः१५ बजे) जूम मार्फत छलफल कार्यक्रम गरिने भएकोले सहभागिताको लागि सबैलाई अनुरोध गरेको छ।

 

प्रतिक्रिया