नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले आफ्नो कुर्सी बचाउन तराईबाट बालुवा, गिट्टी, ढुंगा निकासीको योजना ल्याएको आरोप लगाएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तराई र चुरे क्षेत्रका खानीबाट बालुवा, गिट्टी, ढुंगा उत्खनन गरेर रोपवेमार्फत भारत निकासी गर्ने योजना ल्याएपछि चर्को विरोध भइरहेका बेला दाहालले पनि मुख खोलेका हुन्।
उनले ओली नेतृत्वको सरकारलाई असंवैधानिक पनि भनेका छन्। कुर्सी बचाउने नाममा ल्याइएको उक्त योजना खारेज हुनुपर्ने मत उनको छ।
असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउन खोजेको छु, उनले भनेका छन्, तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्।
आजै मात्र अर्थमन्त्रालयले विज्ञप्ति निकालेर बजेटमा भएको उक्त व्यवस्थाको बचाउ गरेको थियो। सम्बन्धित सरकारी निकाय, वातावरणविद, विषय विज्ञ र सरोकारवालासँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवम् कानुनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिवद्ध रहेको व्यहोरा सबैमा अनुरोध छु, अर्थले आज भनेको थियो।
असंबैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस।
प्रतिक्रिया