विराटनगर,१२ जेठ।नेकपा एमाले विराटनगर –८ का युवाहरुले वडाका चार दर्जन कोरोना सङ्क्रमितहरुको घरहरुमा निर्मलीकरण गर्ने कार्य सम्पन्न गरेका छन्।
कोरोना सङ्क्रमण भएर होम आईसोलेसनमा रहेकाहरुको घरमा निर्मलीकरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो।
कोरोना सङ्क्रमण भएका मृत्यु भएका दुई जनाको घर सहित ५० बटा घरलाई निर्मलीकरण गरिएको छ।
निर्मलीकरण अभियानमा भुवन राजवंशी,सविन कामत,सिताराम राजवंशी सहितको टोली रहेका छन्।
यसैगरी उक्त्त टोलीले वडावासीलाई स्वास्थ्य सामाग्री,होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको गरेको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो।
कोरोनाको दोश्रो प्रकार देखिएसँगै वडामा सङ्क्रमितको सङ्ख्या वृद्धिसँग नियन्त्रण र रोकथामथामका लागि गर्दै आएको छ।
वडावासीमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पालाना गर्न टोलीले आग्रह गरेको छ।
टोलीले निषेधाज्ञामा दैनिक रोजगारीबाट वन्चित भएका वडाका ५० विपन्न परिवारका सदस्यहरुलाई २५ केजी चामल लगायत खाद्य सामाग्री प्रदान गरिएको छ।
-मनोज दाहाल
पत्रकार
प्रतिक्रिया