सम्झनामा सिद्धिचरण

समाचारदाता २०७८ जेठ ९ गते ०:१५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती मनाएको छ।जूम प्रविधिका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरूले युगकवि श्रेष्ठको साहित्यिक योगदानका वारेमा चर्चा गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले सिद्धिचरणले नेपाली समाजको सिमान्तकृत वर्गलाई आफ्ना सिर्जनामा उतार्दै युगको आवाजलाई बोलेकाले युगकवि भनिएको बताए।नेपाली साहित्यकारहरूलाई विश्वमाझ चिनाउन मद्दत गरेकोमा अनेसासको उनले प्रशंसा गरे।

कार्यक्रममा अनेसा बोर्ड परिषदकी सभापति गीता खत्री,अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला,प्राडा.जयराज आचार्य,डा.फणिन्द्रराज निरौला,सिद्धिरचणका सुपुत्र रविचरण श्रेष्ठ,अनेसास बोर्ड परिषदका उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी,अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, महासचिव सर्वज्ञ वाग्ले,सचिव विमला निरौला लगायतले सिद्धिचरण र कार्यक्रमवारे मन्तव्य व्यक्त गरे।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कवि मञ्जुलले ‘सिद्धिचरणहरू ‘ शीर्षकका दुई कविता वाचन गरेर कार्यक्रममा आकर्षण थपेका थिए।यसैगरी अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ,सदस्य डा.रेणुका सोलु,गृष्मा पौड्याल र निष्ठा निरौलाले सिद्धिचरण द्वारा रचित कविता वाचन गरेर सिद्धिचरणप्रति श्रद्दाभाव व्यक्त गरे।

प्रतिक्रिया