उकाली चढनु वा ओराली झर्नु मर्जी तिम्रै
पछाडि सर्नु वा अगाडि बढ्नु मर्जी तिम्रै
सम्बन्धको गहिराइ नापेर त हेरेको छौं नि
माया दिनु वा घात दिनु मर्जी तिम्रै
दुई नदि किनारको माया बुझेका छौं नि
सम्बन्धको नदी तर्नु वा रोक्नु मर्जी तिम्रै
सन्जाल खोल्नु वा बन्द मर्जी तिम्रै
फोन नम्बर चेन्ज गर्नु वा त्यही मर्जी तिम्रै
मेरा प्रेम पत्र मुटुमा वा डस्बिन मर्जी तिम्रै
आगो ताप्नु वा शीतलता दिनु मर्जी तिम्रै
नजिक आउनु वा टाढै बस्नु मर्जी तिम्रै
हत्या गर्नु वा मुटु भित्र सजाउनु मर्जी तिम्रै
तिम्रै फूलबारीमा फुलेको फुल हो
फुल्न दिनु वा निमोठिनु मर्जी तिम्रै
रस चुसेर थुक्नु वा निल्नु मर्जी तिम्रै
ऐना हो हेर्नु वा फुटाउनु मर्जी तिम्रै
प्रतिक्रिया