एनआरएनए मोजाम्बिकले रजहरको चिकित्सालयलाई अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण

इनेप्लिज २०७८ जेठ ५ गते ११:०५ मा प्रकाशित

रजहर , पुर्व नवलपरासी । गैरआवासीय नेपाली सङ्घका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत आज गैरआवासीय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समिती मोजाम्बिकले पुर्ब नवलपरासीको देवचुली नगरपालिका वडा न १६ , रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड उपचार कक्षलाई करिब २ लाखको आर्थिक सहयोगमा १० थान अक्सिजन सहितको सिलिन्डरहरु हस्तान्तरण गर्यो ।

एनआरएनए मोजाम्बिकका अध्यक्ष देवी पौडेलको संयोजनमा सम्पन्न उक्त कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भएको थियो ।

देवचुली नगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालय ब्याबस्थापन समितिका अध्यक्ष सन्तबहादुर क्षेत्री लाई उक्त सिलिन्डरहरु हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रममा भर्चुअल रुपमा एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र एनआरएनए मोजाम्बिक राष्ट्रिय समन्वय समितिका अध्यक्ष देवी पौडेल समेत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले अफ्रिकाका एनआरएनहरुलाई गाउघर सम्झेर अप्ठ्यारो अबस्थामा सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया