कोरोना सङक्रमित विरामीको सहज उपचारका लागि सहायता कक्ष सञ्चालन

इनेप्लिज २०७८ वैशाख १३ गते १६:२९ मा प्रकाशित

विराटनगर,१३ बैशाख।कोरोना सङ्क्रमितहरुलाई उपचारमा सहजताका लागि साझा सवालका लागि साझा मञ्च (कोकन)ले आजदेखि यहाँ सहायता कक्ष (हेल्प डेक्स) सञ्चालनमा ल्याएको छ।

कोरोना सङ्क्रमणको दोश्रो लहरले व्यापकता पाएसँग सङ्क्रमित व्यक्त्तिहरुका लागि सहायता कक्ष सञ्चालनमा ल्याईएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले बताउनु भयो।

उपचार नपाएका सङ्क्रमितको अवस्थालाई ध्यानमा राखि सहायता कक्ष मार्फत सङ्क्रमणका कारण समस्यामा परेकाहरुले फोन नंं ९७४२३०६४६४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

सहायता कक्षबाट विराटनगर महानगरपालिका क्षेत्र लगायत प्रदेशका अस्पतालले सङ्क्रमितको उपचार गर्न अश्विकार गरेमा वा जनस्वास्थ्य सम्वन्धी प्रचलित कानुन विपरीतका कार्य गरेमा पीडित वा प्रभावित व्यक्तिले सहायता कक्षमा सम्पर्क राख्न सक्ने उहाँले बताउनुभयो।

सङ्क्रमितहरुका उपचार सम्वन्धि गुनासोहरुलाई कोकनका स्वयमसेवकहरुले तत्काल सरकारी अधिकारीहरु समक्ष प्रस्तुत गरी आवश्यक कार्य गर्नका लागि ध्यानाकर्षण गराउने छन्।

कोकनले महिला,बालबालिका र सिमान्तकृत समुदायको हकअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ।

 

प्रतिक्रिया