रमेशलाई रेडियो नेपालको फेरि अर्को उत्कृस्ट गीतकारको पुरस्कार

इनेप्लिज २०७८ वैशाख ८ गते १०:२७ मा प्रकाशित

काठमाडौँ।नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रि पार्बत गुरुङको समुपस्थितिमा रेडियो नेपालको बार्षिकोत्सव सम्पन्न भयो lचैत्र २०, २०७७ सुक्रबार सम्पन्न कार्यक्रममा प्रेमध्वज प्रधान र जीवन शर्मालाई स्रस्टा सम्मान गरिएको थियो भने रेडियो नेपालमा २५ बर्ष सेवा गर्ने कर्मचारीहरुलाई पनि दिर्घ सेवा पदक प्रदान गरिएको थियोl

यसै क्रममा रेडियो नेपालको ७१ औ बार्षिकोत्सब उपलक्षमा आयोजित रास्ट्रब्यापी आधुनिक सङ्गीत प्रतियोगितामा गीतकार रमेश दहालले दोस्रो पटक पनि गीतिलेखनमा उत्कृस्ट स्थान प्राप्त गरेका छन् l प्रतियोगितामा रमेशले लेखेको ‘बाटाभरिका तगारा छिचोल्न सकूँ म ’ बोलको गीत उत्कृस्ट भएको हो l त्यस्तै, सगीतकार शंकर थापा ( स्माईल) उत्कृस्ट संगीतकार र सुभाष मण्डल उत्कृस्ट गायक भएका छन् l शंकरले गीतकार डीपी खनालको शब्दको गीत‘ खै कसले सुनीदिने मेरो गीतको चित्कार’मा आफ्नो उत्कृस्ट सङ्गीत भरेका थिए lउत्कृस्ट गीत सङ्गीतकार डेनी निरौलाको सङ्गीत र गायिका सिर्जना गुरागाईंको स्वरमा प्रस्तुत भएको थियो l

२०७७ चैत्र १८ गते रेडियो नेपालको प्रांगणमा २५० जना दर्शकहरुको उपस्थितिमा आयोजित आधुनिक गीत प्रतियोगितामा देशभरिबाट छानिएका ३१ ओटा गीत-सङ्गीत प्रस्तुत भएका थिए l चैत्र ११, १२, १३, र १५ गते पहिलो चरणको छनौट प्रतियोगितामा ५० गीतहरु प्रस्तुत भएका थिए भने ३१ ओटा गीतहरु प्रतियोगिताबाट अन्तिम चरणका लागि छानिएका थिएlचैत्र २० गते, रेडियो नेपालको ७१ बार्षिक उत्सबमा करिब ५०० जना उच्च व्यक्तित्वहरुमो समुपस्थितिमा विजयीहरुलाई अवार्ड प्रदान गरिएको थियो l

नेपाली गीत-सङ्गीतको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रुपमा हेरिने यो प्रतियोगितामा भाग लिएर उत्कृस्ट हुन बर्षौसम्म सङ्गीतकर्मीहरु प्रयाशरत रहन्छन् तर कमैले मात्रै सफलता पाउने गर्दछन्lरमेशले भने २०६६ सालमै पहिलो पटक ‘पूर्वको बादल जल्यो’ बोलको गीतका लागि उत्कृस्ट स्थान प्राप्त गरेका थिए l त्यस्तै, शंकरले २०६९ मै गायनतर्फ ‘सधै सधै एक्लो हुन्छु म’’बोलको गीतका लागि प्रथम स्थान हासिल गरेका थिए l त्यस्तै गरेर ७१ औ बार्षिक उत्सबमा सुभाष चन्द्र जोशीले दोस्रो स्थान, मुना ठटाल र रत्न कुमार दंगालले गायन तर्फ तृतीय स्थान हासिल गरेका थिए l प्रथम स्थान प्राप्त गर्ने सङ्गीतकर्मीलाई सूचना तथा संचार प्रविधि मन्त्रि पार्वत गरुंगको उपस्थितिमा रु. २५००० नगद सहित प्रमाण-पत्र प्रदान गरिएको थियो भने उत्कृस्ट रचनाहरु रेडियो नेपालको स्टुडियोमा नि:शुल्क रेकर्ड गराइने व्यवस्था गरिएको छl

प्रतियोगितामा सङ्गीत तर्फ प्रकाश गुरुङ, गायन तर्फ तारा थापा र गीत लेखन तर्फ सुबाशचन्द्र ढुंगेल निर्णायकको भूमिकामा हुनुहुन्थ्यो lरेडियो नेपालले २०२२ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको यो प्रतियोगिताको नेपालमा सांगीतिक प्रतियोगिताहरु मध्ये बिशिस्ट र ऐतिहासिक महत्व रहेको छ lयो प्रतियोगितामा उत्कृस्ट हुने कलाकारले नेपाली गीत-सङ्गीतमा उल्लेख्य नाम आर्जन गर्न सक्छ भन्ने देखाउने बरिस्ट गीतकार सुबाशचन्द्र ढुंगेलको बनाई छlयो प्रतियोगिताले सङ्गीतकर्मिको मनोबल बढ्ने,आत्मा सम्मान बढ्ने, साथै सरकारी तवरबाटै श्रेणी बृधि हुने गर्छl

नारायण गोपाल, भक्तराज आचार्यदेखि, बच्चु कैलाश, तारा देवी, दिप श्रेष्ठ, रामकृष्ण ढकाल, अन्जु पन्त, शिब परियार लगायत हिजो र आजका प्रसिध्द सङ्गीतकर्मीहरु यस्तै प्रतियोगिताबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए l यी कलाकार आज नेपाली गीत सङ्गीतका धरोहर मानिन्छन् l

प्रतिक्रिया