आइतबार, चैत २९ २०७७
काठमाडौं २०:४२
वासिङटन डिसी 10:57

पापमोचन एकादशी

डिग बहादुर तामाङ्ग २०७७ चैत २५ गते २२:५१ मा प्रकाशित

पौष माघ महिना जाडो यामको महिना हो। नेपालमा यहि समयमा हिन्दुहरुले स्वस्थानी ब्रत कथा एकतिस दिन लगाएर सुन्ने,तामाङ्ग र गुरुङ जातिले ल्होछार पर्व मनाउने चलन छ। बिस्तारै बसन्त पन्चमी,शिवरात्री,फागुपूर्णिमा जस्लाई होलि पनि भनिन्छ। सायद हिरण्यकशिपुकी बहिनीलाई उनका छोरालाई काखमा राखेर आगोको ज्वालामा राखेर प्रहलादलाई मार्न खोज्दा,होकि आगोमा भस्म भए,तर प्रलाद जिउदै निस्केका कथा संग जोडेर होली भनेको होलान।

तर त्यसपछि नेपालमा वा हिन्दु संस्कारमा एउटा अनौठो चलन पनि छन त्यो हो पाप मोचनी एकादशी छन। यसलाई आधार बनाएर मानिसले जीवनभरि गरिएका पापहरुलाई आत्म आलोचना गरेर मोचन गरि भगवानसंग माफि माग्ने एकादशीलाई पाप मोचनी भनिन्छ।

हामीलाई थाहै भएको सत्य कुरा हो महिनामा दुईवोटा एकादशी हुन्छन,अथवा चन्द्रमासमा दुई पक्षहरु हुन्छन। हरेक पक्षमा एउटा एकादशी पर्छन। कृष्णपक्ष र शुक्लपक्षमा पर्ने सनातन नेपालीहरुले हरिको आर्धन गर्न त श्रीहरिको भजन किर्तन गरेर ब्रत बसेर आफनो बरदान मागिन्छ । पापमोचन गर्ने संस्कार हिन्दुहरुको मात्रै चलन भने होइन है क्याथोलिकहरुले बर्षभरि गरेको कुकर्म आफनो पुरोहित मार्फत गरिन्छ,भने बुद्धिष्टहरुले मोलाम गरेर,लामालाई दान दिएर गरिन्छ ।

तर ति व्यक्तिहरुले कहिले पनि गर्दैनन् जस्ले परिर्वतनको नाममा आफनो जनतालाई मार्छन। पार्टीको नाममा भ्रष्टचार गर्छन । आफनो स्वार्थपूर्तिका लागि आफनै श्रीमानलाई मारेर अरुलाई दोष दिन्छन । आफनै परस्त्री लागि आफनै श्रीमतीलाई मारेर फ्यालेको समाचार नौलो होइन।

खाडिको गर्मीमा गएर कमाएका धनलाई परपुरुषसंग सल्केर जायजेथाहरु कुम्ल्याएर जाने स्वास्नीहरु,यसरी सबैले बर्षको अन्ततिर आएर पापलाई मोचन गरि देखाएको भए सायद यो पृथ्वी स्वर्गनै बन्ने थियो होला।

हुन् त यो पापमोचनी एकादशी व्यभिचारबाट नै आएको चलन हो । उत्पत्ति भएका हुन पौराणिक कथाहरुमा ऋषिहरु आफनो स्वार्थको लागि तपस्या गरेर बस्ने,बिष्णुलाई उनिहरुको तपस्या भंग गर्न पाए आफनो स्वार्थसिद्ध हुने भएकाले स्वर्गकी अप्सराहरुलाई पृथ्वीमा पठाएर,कामदेवको नजरले हेरेपछि जस्ता सुकै ठूला ऋषिमुनिहरुलाई पनि अप्सराहरुले मोहित पारेर आफनो तपस्यहरुलाई भंग पारेका कथाहरु विष्णु पुराणहरुमा लेखिएका छन्।

कथा अनुसार चैत्ररथ बनमा च्यवन नाम गरेका ऋषिमुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए यहि बेला मन्जुघोष नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन,अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन,त्यहिबेला बाटोमा कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी दुवैको मनोभावनाले कामदेव प्रभावले मेधावी ऋषि काम पीडित हुन थाले ।

ती अप्सरा पनि ऋषि संग झनझन नजिकै पर्न थालिन केहि समय पछि ऋषिलाइै चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै बिमुख भए। कामयोग निमग्न भएर तेज लोप भइसेका ऋषि आफैले पनि पाप मोचिनी एकादशीको ब्रत बसे ।

पाहाँचःह्रे नखःया भिंतुना

सायद हिन्दुजम तेत्तिसकोटि देवीदेवताको पूजा आराधना अन्त नभएर काठमाण्डौं उत्पत्याका भित्रै हुदाँ हुन जस्तो पंक्तिकारलाई लाग्छ। जामुना गुभाज्यू देखि प्रताप मल्लको किचकन्या संग सम्भोगका कथाहरु,अनि विष्णुमतीको बालुवा सुनमा परिणत भएर संखधर साखले नेपा सम्बत अथवा शाक्य सम्बत ल्याएको कथाहरु अतिनै रोजक छन।

यो पंक्तिकारले १४ बर्षको उमेर देखि तिस बर्षका उमेर सम्म काठमाडौँ बिताए। पहिलो डेरा प्यूखाटोल त्यसपछि भोँसिकाटोल, अनि ठमेल त्यसपछि अमेरिका गाँउ बाट बसाई सर्दै आएँ। भन्नाले नौ कक्ष देखि बिए ,एम ए सम्म गर्ने समय काठमाडौमा बिताए। यसरी काठमाडौमा बस्दा उमेर छिपिएको भए मेरो पनि विवाह हाम्रा देशका कामरेडहरुका सरह मैचा संगै हुन्थ्यो होला तर आमा कडा भएकोले त्यसो हुन सकिएन।

यहाँ घोडाजात्राको अघिल्लो दिनको कथा भन्न गैरहेको छु। काठमाडौंका नेवार समुदायले दशैं भन्दा म्हपूजा किचा पूजा,अनि घोडेजात्राको भोज भने पछि मेरो मुखनै रसाउँछन्।प्राय गरेर मेरा घरपति बाहरुले मलाई मायाँ गरेर बोलाउने नाम थियो “बाउचा” तर कसैले भाउचा पनि भन्थे ल्यासेचाहरुले ।

“ठाँउ पाहाँचह् कने घोडाजात्र ख,छन भोया नया हाउ मतलब आज आज पाहाँचह्ेँ भोलि घोडेजात्रा भोज खाना आउन है केटा।मेराघरपतिहरु तण्डुकार देखि तुलाधर,ठमेले प्रधान अन्तमा मानन्धर,मेरा बच्चपनको साथीसंगीहरु नेवार केटाहरु नै थिए,कहिले लाछपु ओया समैबजी भनेर उनिहरु संग ईन्द्रजात्रामा माग्न जाने कहिले घोडेजात्राको अघिल्लो साँझ टुँडिखेलको माहकालथान र ट्यौडाको संकटथानतिर जाने समय बाकि भएमा ईन्द्रचोकतिर जाने।पछि सरस्वाती र त्रिचन्द्रामा पढद पनि मेरो साथिहरु भाषाको कारणले म उनिहरुको प्रिया मित्र बन्न सौभाग्य पायो।

यो दिनलाई “पिशाच चतुर्दशी” पनि भन्दो रहेछ।सो दिन महादेवलाई .(लुकुमहाद्य) को बिशेष पूजाआराधना गरि मनाइने रहेछ।भूत,प्रेत या पिशाच लाई महादेवका गणहरु मानिदो रहेछ।आज भन्दा केहि समय अघि अर्थात चैत्र कृष्णअष्ठमीको दिन सानो शिवलिङलाई एउटा खाटमा राखी बाजा बजाएर काठमाडौ)को बुद्धविहारको फोहोर फ्याक्ने ठाँउमा सफा गरेर राख्ने चलन रहेछ फोहोर जे भेट्यो त्यहि खाएर बसेको यो महादेवको पिशाचरुप हो रे आजैका दिन यी महादेवलाई त्यहाँ बाट निकालेर सफा गरी पहेलो रायो,लसुनको बोट,जाँड र भोजका अन्य परिकारहरु चढाएर पूजा गरिदो रहेछ।

यो चाडमा यहि पिशाचरुपी महादेवको पूजा अर्चना गरिने भएकाले नै यसलाई पिशाच चर्तुदशी भनिएको हो रे।देख्नु भो माथि पापमोचन एकादशी तला पिचाश चतुर्दशी साथ आजकै दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरु सबै अजिमाहरुलाई खाटमा राखेर पुजा गर्नको लागि टोल टोल बाट लिएर जाने गरिन्छ,इन्द्रायणी आफनो अरु अजिमा दिदीबहिनी भन्दा निक्कै गरिब थिइन रे कारण यहि हो भन्ने चलन छ।

एउटा फर्सि किनेर लगिन्छ रे त्यो फर्सि काटेर खाना खोज्दा सर्प भयो रे फ्याक्दा एक्कासी त्यो फर्सि सुन भयो रे।धनिहरुको मात्रै सत्कार हुन्छ भनेर त्यहाँ बाट निस्कनो भो रे।नेवार समुदयमा मुकुण्डो लगाएर नाच देखाउने चलन पनि छ।

घोडेजात्राको पनि आफनै पौराणिक कथाहरु नभएको होइन,राजा देखि राष्ट्र्पति सम्म आएर घोडाजात्रा हेर्ने चलन सदियौं देखि चलि आएको चलन हो। घोडेजात्राको भोजको बयान गरि साध्यनै छैन,थौँ देखि ऐल्ला सम्म अजिमाना देखि चिया सम्म,हाँकुँछोयाला,डाकि ला,भुटुन भुटि सिम्मो –सिमी साँदेको।कचिँला, कोइरालाको फूल आलुको अचार त्यसपछि त के चाहियो र ? यदि बर्ष भरिमा कतै दुष्मनि रहेछ भने त्यसलाई ठिक पार्ने बेला पनि यहि हो ।

डिग बहादुर तामाङ्ग,हाल अमेरिका ।

प्रतिक्रिया