काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु

नबिन बिक २०७७ चैत २३ गते २१:५२ मा प्रकाशित

नबिन बिक। काठमाडौ शहर घुम्ने सबैको रहर । हो आज पनि धेरै मोफसलका नेपालीहरुका लागीसुन्दर शहरको रुपमा कल्पित छ काठमाडौ। बिदेशीहरुको बकेट लिस्टमा पनि नेपाल नपेरको घटना कमै हुन्छ, छिमेकी चीनबाट त झन ओईरो लाग्छन। मोफसल देखी बिदेश सम्मका पर्यटकहरु जब काठमाडौ टेक्छन तब उनीहरुको सुन्दर यात्रामा पहिलो गासमै ढुंगा लागे जस्तो हुन्छ।

काठमाडौको अत्यधीक घुईचो,मान्छेलाई धकेल्दै हिड्ने सवारी साधन । ती सवारीले उडाएका धुलो र छोडेका धुवाले दिउसै बनाएको अन्धकार, गाडीको हर्नले बनाएको आवाज प्रदुषण, प्रदुषणले निम्त्याएको एलर्जी,रुघा खोकी,आखा पोल्ने देखी अनेकौ समस्याले ग्रसित हुदा, सुनेको काठमाडौ र भोगेको काठमाडौमा आकाश पातालको फरक पाउछन। अनि निराश भएर आफ्नो यात्रा छोट्याएर फर्किन्छ। म आफै पनि बिदेशबाट काठमाडौ टेक्दा सकेसम्म त्यही दिनमा चितवन सुईकिन्छु नत्र भोलीपल्ट त अवस्य पनि कठामाडौ छोडी हाल्छु। काठमाडौ बस्दा धेरैनै निसास्सिएको महशुस हुन्छ। झन दिर्घकालीन रुपमा काठ माडौमै बस्ने काठमाडौका स्थायी बासिन्दाहरु झन कसरी बस्छन होला ? उनीहरुको स्वास्थ्यमा झन कस्तो असर पर्छ होला? नेपाल सरकारले वा सम्बन्धित निकाएले कहिल्यै चासो दिएको वा ध्यान पुर्याएको छ?

बास्तबमा काठमाडौ शहरलाई हामी पुन: हराभरा सुन्दर स्वच्छ काठमाडौ बनाउन सक्छौ। तर यसको लागी प्रबल ईच्छा शक्ती भएको शासक चाहिन्छ। अहिले म धेरै ठुलो र टाढाको कुरा गर्दिन, केवल केही नियम काईदा बनाएर कलम चलाए मात्रै अनि काठमाडौ शहरको अब्यबस्थीत जाम र प्रदुषण केही महिनामै ५० प्रतिशत सम्म कम गर्न सकिन्छ।

यसको लागी सबै भन्दा पहिला उपत्यकाको (काठमाडौ भक्तपुर र किर्तिपुर) बाटोले कति सवारी साधन थेग्न सक्छ । उपत्यकामा प्रतिदिन सडकमा गुड्न सक्ने गाडीको संख्या निर्धारण गर्ने, त्यसपछि उपत्यकाको लागी छुट्टै नम्बर प्लेटको ब्यबस्था गर्ने जस्तो की ( उ ११ ख ) काठमाडौमा घर भएकाहरुको हकमा १ वटा मात्र सवारी साधन राख्न पाईने, त्यो भन्दा बढी सवारीको लागी निजले गर्ने कारोबार र तिरेको कर वा निजले सृजनना गरेको रोजगारीको संख्याको मापदण्ड निरधारण गरेर आवस्यकता हेरर सवारी साधन थप्न पाईने भनेर सवारी साधनमा अंकुस लाउन सकिन्छ।

उपत्यकामा मासिक वा बार्षिक यति मात्रै नया गाडी दर्ता गर्ने वा थप्ने भनेर संख्या मापदण्ड निर्धारण गर्ने, मानौकी महिनामा उपत्यकामा १०० गाडी मात्रै दर्ता गर्ने भनियो तर आवेदक ५०० जना भएमा, १०० वटा नम्बर प्लेटको लागी ५०० जना मध्ये जस्ले धेरै रकम दिन्छ । त्यसैले नम्बर प्लेट पाउछ तर यसरी रकम कबुल्दा न्युनतम रकम तोकी बढाएर गरेको बोलपत्र गोप्य हुनु पर्छ । यसरी नियम बनाउदा देशलाई राजस्व पनि टन्न उठने गर्छ र सवारी पनी कम हुनेछ। सरकारी कार्यालयले अनिवार्य रुपमा बिजुलि सवारी साधन प्रयोग गर्नु पर्ने यसो गर्दा प्रदुषण त कम हुन्छ नै । साथसाथै पेट्रोल डिजेल किन्दा गर्ने भ्रष्टचार पनि बन्द हुन्छ। १० बर्ष कटेका सवारी साधनहरु उपत्यकाबाट बिस्थापित गर्नु पर्ने र सो गाडीको सट्टामा नया नम्बर प्लेटको लागी कुनै बोलपत्र वा आवेदन दिन नपर्ने नियम लागु गर्न सकिन्छ।

उपत्यका बाहिरका मानिस जस्को काठमाडौमा घर छैन उसले उपत्यकामा गाडी राख्नको लागी उसको उपत्यकामा अफिस हुनु पर्ने र अफिसमा कामदारको संख्या यति हुनु पर्ने वा बार्षिक यति सम्म ट्याक्य तिरेको वा यति कारोबार गरेको हुनुपर्ने भनेर मापदन्ड बनाउने,ठुला कम्पनिका म्यानेजर , सिईओ वा जिएम हरुले पनी गाडी राख्न पाईने तर निजको कम्पनीको कारोबार र तिरेको करको आधारमा सो कम्पनिलाई गाडीको संख्या निर्धारण गरेर स्विकृति दिने गरेमा पनी उपत्यका बाहिरका गाडी धेरै कम हुन्छ।

काठमाडौका सार्बजनिक यातायातको सुबिधा र पहुच बढाएर,मानिसहरुलाई भाडामा सहुलियत दिएर राज्यले त्यसबापत गाडीवालाहरुलाई पेट्रोल वा डिजेलमा बिशेष छुटको ब्यबस्था गर्ने । यो एक प्रकारको राज्यले भाडा कम गर्न दिएको अनुदान जस्तै हुनेछ । ताकि सवारी संचालकले सहुलियत भाडादरमा यात्रु बोक्न सकुन। र धेरै भन्दा धेरै यात्रुहरु लाभान्वित र आकर्षित हुन। काठमाडौ सानो छ, उपत्यकाका मानिसहरुलाई साईकल चढन प्रोत्साहन गर्ने, र साईकल किन्दा तिरेको कर वडा कार्यलयबाट फिर्ता दिने प्राबधान दिने र बिजुली गाडीमा २५-३० प्रतिशत भन्दा बढी कर नलाउने निति लागु गर्ने र बिजुली गाडीमा धेरै जोड दिने।

उपत्यका बाहिरको प्राईभेट सवारी साधनहरुलाई हप्तामा १ चोटी मात्रै प्रबेश गर्न पाईने एक चोटी उपत्यका छिरे पछि ३ दिन भन्दा बढी बस्न नपाईने र उपत्यका छिर्नको लागी अग्रीम अनलाईन आबेदन दिएर अटोमेटिक प्रबेश पास मिल्ने ब्यबस्था मिलाउने । यसको लागी प्रत्येक जिल्लाको जनसंख्याको आधारमा कोटा छुट्याउने, जुन अनलाईनबाट पास पाईन्छ । त्यो अनलाईसगं नागढुंगामा राखिएका वा उपत्यकाको नाकाहरुमा राखीएका क्यामेराहरु सिंक्रोनाईज्ड ( जोडीएका) हुन्छन। आफ्नो सिस्टममा नभएको सवारी साधनहरु उपत्यका छिर्दा क्यामेराले स्वचालित रुपमा फोटो खिच्छ र त्यसको जरिवाना अत्याधिक राखिदिने गर्नाले पनि उपत्याकामा गाडीको चाप र प्रदुषण धेरै मात्रामा कम हुनेछ।

तपाईहरुलाई मैले भनेका कुराहरु सुन्दा र भन्दा अचम्म लाग्न सक्छ तर यो हाम्रो छिमेकी चीनको ठुलो शहरहरुमा लागु गरिसकेको नियमहरु हुन । यो असंभब छैन । केवल ईच्छा शक्ति दर्हो हुनुपर्छ। यसको लागी आवस्यक परेमा नेपाल स्थित चिनिया राजदुतावास र चीन स्थित नेपाली दुतावासहरुसंग सहकार्य गरेर केही समयको लागी बिज्ञ टोलीहरुले चीन भ्रमण गरेर प्राबिधिक कुराहरु सिकेर र बुझेर आउन सकिन्छ।

नबिन बिक
केन्द्रिय सदस्य, एनआरएनए, चीन

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया