हिमालयन लायन्स क्लबको नयाँ कार्य समिति २०२१ -२०२३ को घोषणा

समाचार दाता बोस्टन,अमेरिका २०७७ चैत २३ गते २:०९ मा प्रकाशित

अप्रिल-३,बोस्टन

हिमालयन लायन्स क्लबको नयाँ कार्य समिति सन २०२१ -२०२३ को आज क्लबको नियमित बैठकले घोषणा गरेको छ।बैठक प्रथम उपाध्क्ष लायन गोबर्धन पूजाको अध्क्षतामा बसेको थियो।बैठकमा निर्वाचन आयुक्त लायन राम थापाले नयाँ कार्य समितिको नाम घोषणा गरेका थिए।घोषणा अनुसार नयाँ कार्यसमितिमा लायन सुशिल नेपाल,नयाँ लायन्स बर्ष २०२१ -२०२३ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा गोबर्धन पूजा,दोस्रो उपाध्क्षमा थानिरत्न कँणेल,तेस्रो उपाध्यक्षमा चन्द्र बहादुर मल्ल छन्।सचिव बिनोद उप्रेती,कोषाध्यक्षमा शान्ति जोशी रहनु भएको छ।निर्वाचन आयोग प्रमुख राम थापाले घोषणा गरे अनुसार पुर्ण कार्य समिति पच्चिसजना लायन्सहरूको रहने छ।

बर्तमान सचिब तथा कोषाध्यक्ष लायन थानिरत्न कँणेलले दिएको जानकारी अनुसार,हिमालयन लायन्स क्लब अमेरिकामा नेपालीहरूबाट गठित तेस्रो लायन्स क्लब हो,जुन क्लब २०१० सालको मार्चमा सँस्थापन (Chartered) गरिएको थियो।पूर्व अध्यक्ष लायन महेश्वर पन्त सँस्थापक अध्यक्ष रहेको उक्त क्लबले म्यासाच्यूसेट्सको बोस्टन वरपर तथा नेपालका बिभिन्न भागमा लायन्स क्लब अन्तर्राष्ट्र सँग मिलेर सामाजिक कार्य गर्दै आएको छ।यो क्लब संसार भरीका सटचालिस हजार कलब र पन्ध्रलाख सदस्य रहेको लायन्स क्लब अन्तर्राष्ट्रको मल्टिपल जिल्ला ‘तेत्तिस के (District 33 K)’ अन्तर्गत स्थापित छ।

क्लबको बैठकले यस क्लबलाई अझै सेवा मुलक बनाएर अगाडी बढाउन नयाँ अध्यक्ष लायन सुशिल नेपाल र उनको टिमलाई बधाई तथा शुभकामना ब्यक्त समेत गरेको थियो।

यस क्लबका बर्तमान अध्यक्ष लायन पेशल रेग्मिको अध्यक्षता यसै सन २०२१ ,जुन महिनाको अन्तिम दिनबाट समाप्त हुँदैछ।

प्रतिक्रिया