मुलुकमा राजनीतिक दलहरूका नेताहरूको सत्ता लिप्साको स्वार्थ,मोह र राज्यकोष ढुकुटी दुरुपयोगमा भागबन्डा आदि इत्यादि कुराकानी नमिल्दा मुलुकमा अराजकता र अस्थिरता आएको हो ०६२/०६३ सालपछि दलीय नेताहरूको असमझदारीका कारण मुलुकले आज सम्म पनि निकास पाउन नसकेकोले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ।
राजा ज्ञानेन्द्र शाह त्यागी हुन।आजसम्म राजगद्दी त्याग गरी बसे।अब राजा ज्ञानेन्द्र शाहले नासो फिर्ता लिनुपर्ने समय आएको छ।राजनीतिक दलहरूका नेताहरूलाई राजा ज्ञानेन्द्र शाहले मुलुकलाई निकास देउ भनेर राजगद्दी त्याग गरेका हुन।राजा ज्ञानेन्द्र शाहले मुलुकले सहि निकास पाओस् भन्नका लागि राजगद्दी त्याग गर्न सक्छन् भने अब मुलुकले निकास पाएन भनेर लिने हक अधिकार पनि राजा ज्ञानेन्द्र शाहमा छ।राजा ज्ञानेन्द्र शाहले नेताहरुमा इमानदारिता, नैतिकता र सुधार आउला भनेर पर्खेर बसेका हुन।विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूमा आज सुधार आउला भोलि सुधार आउला भन्नु छैन । संधैभरी मनपरि र नाटक मंचन गरिरहेका छन।यसकारण धैर्य गर्ने सीमा नाघिसकेको छ।विक्रम सम्वत २०७८ साल बैशाख ५ गते सम्म शुक्र अस्त छ बैशाख ५ गते राति बाट नै शुक्रको उदय हुनेछ।अब राजा ज्ञानेन्द्र शाहले बैशाख ५ गते शाइत हेराएर सेनाहरु संग परामर्श गरि शुभ, लाभ र अमृत बेलाको मुहर्तमा सत्ता आफ्नो लिने समय आइसकेको छ।
राजा ज्ञानेन्द्र शाहले ०६२/०६३ सालमा सत्ता किन र के का लागि छोडेको हो र मुलुकमा गर्ने आगामी कार्ययोजना र दुरदर्शि दीर्घकालीन भिजन तत्काल कार्यान्वयन गर्ने वक्तव्य समेत राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा सत्ता लिनुपर्ने हुन्छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया