सिन्धुपाल्चोक जिल्ला भन्ना साथ हाम्रा दिदी बहिनी बेचिने जिल्ला हो रे भन्ने कुरा अहिले पनि कतिपय कार्यक्रम वा आधुनिकदाशता बिरुद्धको आबाज उठाउने सन्दर्भमा सुन्नु पर्दा असाध्य दुख लाग्छ । आफुृ जन्मेको जिल्लालाई त्यो कलंक लागेको किन होला भनी मैले बाबुआमा र परिबारजनसंग धेरै पटक जिज्ञासा राखे तर लामो समय सम्म मैले उत्तर पाइन अहिले केही समय यता थाहा पाए पहिले पहिले अधिकांश घरका दिदीबहिनी मानब बेचबिखनको अपराधजन्य शिकार हुन बाध्य हुदा रहेछन । त्यसैले पनि छोरी जन्मियो भने खुशी हुने प्रबृत्ति समेत रहेछ । अनि आफै उत्तर थाहा पाउन थालेकी छु –सिन्धुपाल्चोक बालसुधार माध्यमिक बिधालयमा अध्ययनरत, सोही बिधालयकी एकजुट बाल क्लबकी अध्यक्ष छात्रा सरिता नेपाली पहिले पहिले आफनो जिल्लामा दिदी बहिनी बेचबिखन हुने गरेको अबस्थाबारे आफुले सुनेको कुरा बताउदै भन्दै थिइन –मान्छेलाई मान्छेले नै यौनशोषणका लागि बेच्ने रहेछन त्यो पनि आफ्नै नजिकका नातेदारहरुको प्रमुख भुमिका हुने कुरा सुन्दा त कति अपराधी हुन नातेदार , कति अपाराधी हो समाज त्यस्तो अपराध गर्दा पनि टुलु टुलु हेरेर बस्ने ?
केही दिन अघि मैले पनि सिन्धुपाल्चोकका बिभिन्न ठाउंको अबलोकन गर्ने क्रममा १५ बर्षीया छात्रा सरिताले आफनो मनमा गढेको कुरा सुनाउदै गर्दा बास्तबमा अहिलेको पीढीलाई पनि पहिलेको अबस्थाले कति चोट पारेको रहेछ भन्ने प्रष्ट हुन्छ । सरितालाई जस्तै धेरैलाई त्यो खालको मनमा परेको छ । उनी त एउटा प्रतिनिधि पात्र न हुन । कुनै पनि घरमा छोरी जन्मियो भने खुशी हुने र दश बाह्र बर्ष हुने बेला उनी माथि अपराधी नजर पर्न थाल्थ्यो तर अहिले त्यो अबस्थामा परिबर्तन आएको छ । पहिले जस्तो खुलेआम रुपमा बेचबिखन हुने कुरामा कमी आएको छ । त्यसैले फेरिएको वा परिबर्तन उन्मुख सिन्धुपाल्चोक भन्दा पनि हुने भएको छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको शब्दमा भन्दा सिन्धुपाल्चोक अब पहिलेको कलंकको टीका लगाएको अबस्थामा छैन धेरै सुधार भएको छ । छोरीहरु पनि स्कुल जान्छन । समाज निकै सचेत भएको छ । तर पनि समाजमा छोरा छोरीबीच समाजले हेर्ने दृष्टिकोणमा अझै पनि बिभेद देखिन्छ । सम्पन्न परिबारले छोरालाई काठमाडौको राम्रो भनिने बोर्डिङ्गमा पठाउने र छोरीलाई गाउमै पढाउने प्रबृत्ति अझै पनि छ । त्यो बिभेदलाई पनि सबै मिलेर हटाउनु पर्छ र छोराछोरी बराबरी हुन भन्ने भाबनाको बिकास गराउनु पर्छ ।
चरम यातनाका साथ यौनशोषणमा पर्ने अबस्था दिदीबहिनीको पहिलेजस्तो नभएपनि बेचबिखनको स्वरुपमा परिबर्तन भएको छ । बैदेशिक रोजगारीमा जाने वा लैजाने , आन्तरिक ट्राफिकिङ्गमा पार्ने काम भने बिधमान नै छ । त्यसैले अझै पनि आधुनिकदाशता बिरुद्धको अभियान र समाजलाई सचेत बनाउन धेरै मेहनत आबश्यक छ । मानब बेचबिखन बिरुद्ध क्रियाशील शक्ति समुह जस्ता नागरिक संगठनहरु अहोरात्र लागिरहेका छन त्यसले समाजमा मात्र होइन जनप्रतिनिधिहरुमा सकारात्मक परेको छ । जनप्रतिनिधि पनि सबैखाले बिभेद अन्त्यका लागि शक्ति समुहसंग हातेमालो गर्र्दे अगाडि बढेका छन । जसले समाजलाई सकारात्मक बाटोमा लैजान ठुलो सहयोग पु¥याएको छ । दिदीबहिनी पहिले जस्तो खुलेआम रुपमा बेचबिखनमा पर्ने गरेका छैनन । उनीहरु स्वंय सचेत भएका छन । कसैले फकाउदैमा उनीहरु फकिदैनन तर सानैमा हुने बिबाह जटिल समस्याको रुपमा रहेको छ । बिधालय जाने अनि बिधालयकै छात्रसंग संबन्ध बढाउने र हिडने प्रबृत्तिको बिकास भएको छ । बिधालय जादा मात्र नभएर सामाजिक संजाल मार्फत कुरा गर्ने अनि केटाको चरित्र कस्तो छ भन्ने राम्ररी नबुझी भाग्ने घटनाहरु हुने गरेका छन । जसले गर्दा कतिपय छात्राहरु बिभिन्न शोषणमा पर्ने गरेका छन । सोही कारण आन्तरिक ट्राफिकिङ्गमा पर्ने गरेका छन । त्यसैले बालबिबाह एउटा समस्याको रुपमा रहेको छ । बिधालय र जनप्रतिनिधि एवं शक्ति समुह जस्ता जिल्लामा क्रियाशील नागरिक संगठनहरुले आआफनो ठाउंबाट बालबिबाह रोक्न , घरेलु हिसा रोक्न , महिला बिरुद्ध हुने सबैखाले हिसा रोक्न र आधुनिक दाशताको अन्त्यका लागि भुमिका निर्बाह गरिरहेका छन तर अझै पनि बिधालय देखि सबै पक्षबाट प्रभाबकारी अभियानको खाचो रहेको छ ।
स्कुल गएकी छोरी घर नफर्किने हुन कि भन्ने चिन्ता घरपरिबारमा रहने गरेको छ । एकातिर स्कुलमै छात्राले छात्रसंग कांचो माया गास्ने र हिडने नफर्किने प्रबृत्तिको बिकास हुदै गएको देखिन्छ भने अर्कोतिर समाजिक ंसंजाल मार्फत कुरा गर्ने र कही भेटौ भनी हिडने प्रृबृत्ति पनि रहेको छ । केटाको स्वभाब नबुझि सामाजिक संजाल मार्फत गरिएको मायां दीर्घकालीन नहुने कुरा सिन्धुपाल्चोककै हेलम्बुकी एक छात्राले बताएकी छन । उनी भन्छिन , मैले पनि स्वरैस्वरमा लभ गरेर बिबाह गरे बिबाह गरेको ८ बर्षमा ५ वटा बच्चा भए तर श्रीमानबाट कहिल्यै पनि सुख पाइन अहिले त बुढोले अर्की ल्याएर अर्को ठाउंमा बस्ने गरेको छ । त्यसैले स्कुल गएका छोरीले के गर्र्देछे र सामाजिक संजालमा मार्फत आफनी छोरीले के गर्दैछिन भन्ने कुरा परिबारले ख्याल गर्नुपर्छ
सिन्धुपाल्चोक जिल्लाका बिभिन्न स्थानको अबलोकन अध्ययनमा म सहित शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङ्ग, कार्यकारी निर्देशक बालकुमारी दर्लामी , कानुन तथा तालीम संयोजक दीलिप कोइराला, कार्यक्रम संयोजक सरला तामाङ, शक्ति समुहकी संस्थापक सदस्य एवं एटवीनकी अध्यक्ष नातीसरा राई र जिल्लामा कार्यरत जिम्मेबार अभियानताहरु केशब पौडेल दीपा अर्याल, संगीता नेपाली, भोला तामाङ्ग,सन्चमाङ,रबिना दंगाल पुगेका थियौै । प्रशिक्षणमुलक अध्ययन मानब बेचबिखन, बिभेदको अन्त्य एवं बिकासका लागि समुदायको परिचालनमा केन्द्रित थियो । हुन पनि केही सहयोग र सचेतनाको जागरण ल्याइयो भने परिबर्तन संभब छ भन्ने कुरा देखिएको छ । मानब बेचबिखन अपराध हो त्यसलाई पुर्णत नियन्त्रण गर्नुपर्छ , गरीबी र आर्थिक बिपन्न परिबारलाई जीबिकोपार्जनका लागि प्रारंभमा केही सहयोगी भुमिका निर्बाह गर्नुपर्छ , छोराछोरीबीच बिभेद गर्नुहुदैन भन्ने कुरामा चेतनाको बिकास भएको छ । त्यसैले पनि पहिले जस्तो ललाई फकाई सजिलै दिदीबहिनीलाई बेचबिखनमा पार्ने अबस्थाम निकै कमी आएको छ । जसलाई सकारात्मक खुडकिलोको रुपमा लिनुपर्छ ।
बिदेश जानु भन्दा गाउंमै बाख्रा पालन , कुखुरा पालन , हांसपालन , टर्की पालन जस्ता कार्यमा ग्रामीण तहमा हुने गरेको प्रारंम्भिक आर्थिक सहयोगले गर्दा त्यो घरलाई मात्र होइन गाउंलाई नै उज्यालो बनाएको छ । जब आर्थिक रुपमा मानिस आत्मनिर्भर बन्दै जान्छ त्यसले अरुलाई पनि प्रेरणा दिदोरहेछ भन्ने सकारात्मक उदाहरण हेलम्बु गाउपालिका वार्ड नं ३ पाल्चोकका कृष्ण खडकाले दिएका छन । २३ बर्षीया खड्काले बाबु आमा र चार दिदीबहिनीलाई खुशी बनाएका छन । उनी भन्छन –दत्तचित्त भएर गर्ने हो भने घरमै बसेर धेरै गर्न सकिदो रहेछ बिदेश गएर अर्काको गुलामी बन्न पर्दोरहेन्छ । परिबारका लागि आर्थिक अभाब नहुने र कसैको शरण पर्ने अबस्था नभएमा त्यो परिबारले अध्ययन गर्न पाउने , अध्ययन गर्ना साथ परिबार शिक्षित हुने त्यसपछि कसैले बिभेद वा हिंसा गर्न थाल्यो त्यो सचेत हुने र प्रतिबाद गर्ने अबस्था आउदो रहेछ । युवा परिबर्तनका संबाहक , सेवाग्राही प्रतिक्रिया संयन्त्रले आधुनिक दाशता बिरुद्ध खेलेको भुमिकाले गर्दा पनि सिन्धुपाल्चोक , नुवाकोट जस्ता जिल्लामा आएको परिबर्तन अन्य जिल्लाका लागि पनि उदाहरणीय बन्न थालेको छ ।
लैगिक हिंसा सामाजिक अपराध हो लैगिक हिंसा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमै चुनौतिको बिषय बनेको छ । लैगिक हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय स्तरमा समेत बिभिन्न कानुन नीति निर्देशनहरु तय भएका छन । देशको सबिधान ऐन कानुन पनि त्यत्तिकै प्रभाबकारी छन । लेैगिक हिंसा अन्त्यका लागि नेपाल पक्ष रहेका बिभिन्न अन्तराष्ट्रिय कानुनहरु , नेपालको सबिधान, मलुकी फौजदारी सहिता ऐन २०७४, छाउपढी प्रथा उन्मुलन निर्देशिका २०६४, श्रम ऐन २०७४, घरेलु हिंसा (कसुर र संजाय )ऐन २०६६,कार्यस्थलमा हुने यौनजन्य दुब्र्यब्यबहार निबारण ऐन२०७१, मानब बेचबिखन तथा ओसारपसार( नियन्त्रण)२०६४, बोक्सी आरोप(कसुर र संजाय) ऐन २०७२, सुरक्षित मातृत्व तथा प्रजनन स्वनथ्य अधिकार ऐन २०७५लगायत नेपालमा बिधमान कानुनहरुले बिभिन्न ब्यबस्था गर्नुका साथै सरकारको नीति नियममा पनि बिभिन्न ब्यबस्था गरी कार्यक्रमहरु घोषणा गरिएका छन ।
महिला र पुरुषबीच समान अधिकार , समान अबसर र पहुंच लाभको समान बांडफांड, समान ब्यबहार , ब्याक्तिगत स्वतन्त्रता, आत्मनिर्णय तथा छनोटको स्वतन्त्रता , समान सहभागिता, बैबाहिक अधिकार, महिला स्वास्थ्य तथा प्रजनन अधिकार , आर्थिक सामाजिक, नागरिक तथा राजनीतिक अधिकार , न्यायमा पहुंच , महिला तथा बालिका बिरुद्ध हुने हिंसाको अन्त्य तथा समान पहुंचको लागि बिशेषाधिकारको ग्यारेण्टी हुने अबस्थालाई लैगिक समानता भनिन्छ । तर नेपालमा त्यस्तो अबस्था छ त प्रश्न आम रुपमा अहिले पनि उठने गरेको छ । जब सम्म यो प्रश्न उठिरहने र लैगिक समानता हुदैन तब सबैमा न्यायको अनुभुति हुदैन जब सम्म हरेक नागरिकमा न्याय र समानताको अनुभुति हुदैन देशमा आमुल परिबर्तन र समृद्धि पनि हुन सक्तैन । त्यसैले समाजको रुपान्तरणका लागि समाजमा बिधमान बिभेद , कानुनी शासन, सबिधान ऐन कानुन र नियमको ब्यबहारमै पालनाको आबश्यकता रहेको छ । त्यहि आबश्यकतालाई पहिले मानब बेचबिखनको केन्द्रको रुपमा परिचित तर धेरै हद सम्म फेरिएको जिल्ला सिन्धुपाल्चोक , नुवाकोट जस्ता जिल्लाका नागरिकहरु , बुद्धिजीबी , जनप्रतिनिधि आत्मसात गरी क्रियाशील रहेका छन । जसलाई निकै सकारात्मक रुपमा लिनुपर्छ ।
नागरिक संगठन जनप्रतिनिधिबीचको संबन्ध , मानब अधिकार र सामाजिक न्याय , लैगिक समानता मानब बेचबिखन , आधुनिक दाशताको अन्त्य, अध्ययन गर्दा गर्दैै बिधालय छोडने प्रबृत्तिको अन्त्य , बालबिबाह नियन्त्रणका लागि भैरहेका पहल र अभियानलाई थप सार्थक बनाउन सकेमा समाजमा परिबर्तन आउने छ । समाजमा हुने सकारात्मक परिबर्तन समृद्धि र बिकासका महत्वपुर्ण सिढी बन्ने निश्चित छ । यसर्थ सकारात्मक पक्षलाई बढावा दिदै नकारात्मक पक्षलाई निरुत्साहित गर्नु आजको प्रमुख आबश्यकता हो । त्यसका लागि राजनीतिक दल , राज्य संयन्त्र , नागरिक संगठन एवं अन्य परिबर्तनका सबाहक सबैको सकारात्मक सोच र सकारात्मक कर्मको खाचो छ।
प्रतिक्रिया