अमेरिकामा दुई प्रमुख राजनीतिक पार्टीहरुको आधारभुत मान्यताहरु फरक छन।रिपब्लिकन पर्टिलाई अनुदारबादी (कन्जर्वेटिब) र डेमोक्र्याटहरुलाई उदारबादी, प्रगतिसिल (लिबरल) भन्ने गरिन्छ।अनुदारबादीहरुलाई नेपाल तथा भारतमा दक्षिणपन्थि बिचारधार पनि भनिन्छ।समाजशास्त्रिहरुका अनुसार जुन बिचराधारा परम्पराबादी छ,कट्टर धार्मिक छ,अहिलेको नराम्रो पहिलेकै ब्यबस्था राम्रो भन्ने छ,त्यस्ता परिवर्तन बिरोधि,परिवर्तनलाई आत्मसात नगर्ने बिचार लाई दक्षिणपन्थी भनिन्छ।दक्षिणपन्थी समाजमा ब्यक्तिको इछ्यामा निर्णय गर्ने क्षमतालाई परिवार,समाज,खानदानका संस्कार तथा संस्कृतिले पूर्ण दबाबमा राखेको हुन्छ।
बिषयगत हिसाबमा अनुदारबादी (रिपब्लिकन) र उदारबादी (डेमोक्रेट) लाई निम्न प्रकारले बेभेद गर्न सकिन्छ।
सरकारको कामकर्तब्यको बारेमा:
डेमोक्र्याट हरुको पहिलो मान्यता के हो भने सरकारले समान अवसर,समानता,मानब अधिकार,सामाजिक व्यबहार जस्ता कार्यहरुमा काम गरिरहनु पर्छ। परिवर्तन संसारको नियम हो।परिवर्तनलाइ आत्मसात गर्दै जानु पर्छ।
रिपब्लिकन हरुको पहिलो मान्यता के हो भने सरकारले नागरिकहरुलाई जिम्मेवार बनाउने,सानो सरकार बनाउने,स्वतन्त्र अर्थतन्त्र, ब्यक्तिगत स्वतन्त्रता, परम्परागत मुल्य मान्यताको जगेर्ना गर्ने काम गरिरहनु पर्छ।परिवर्तनको नाममा परम्परा र संस्कृतिलाई कुल्चनु हुँदैन।रिपब्लिकनहरु सानो आकारको सरकारमा विश्वाश गर्छन्।सानो आकारको सरकार भन्नाले थोरै संख्याको मन्त्रिहरु र थोरै संख्याको कर्मचारीहरुमात्र होइन।सेवा सुबिधा प्रदान गर्ने निकायहरुको संख्या थोरै,नियम कानूनहरु थोरै,निर्णय प्रणाली र प्रकृया पनि थोरै हो।
गर्भपतन:
डेमोक्र्याटहरु गर्भपतनलाई महिलाको स्वनिर्णयमा हुनुपर्छ भन्छन।किनकि बच्चा पाउने वा नपाउने महिलाको शरीरले हो।भ्रुण कुनै मानब जीवन हैन।त्यसैले भ्रुण पतन गर्नु कुनै मानब जीवनको हत्या गर्नु होइन।त्यसैले महिला गर्भ पतन गराउन चाहन्छ भने सरकारले सहयोग र सुबिधा प्रदान गर्नु पर्छ।
रिपब्लिकन हरु भन्दछन कि मानब जीवनको सुरुवात भ्रुण बाटै हुने हो।त्यसैले गर्भ पतन गर्नु भनेको मानब जीवनकै हत्या गर्नु हो जन्म नै नभको बच्चा माथी आमाको कुनै अधिकार हुन्न।आमा बेग्लै शरीर हो र पेटमा भएको बच्चा बेग्लै शरीर हो।त्यसैले करदाताको पैसा खर्च गरेर अर्को जीवनको हत्या गर्ने अधिकार आमा महिलालाई हुँदैन।
सामाजिक न्याय :
डेमोक्र्याटहरु ठान्दछन कि बिगतमा भएको सामाजिक भेदभाबको कारण सामाजमा प्रतिस्पर्धा गर्न नसक्ने निम्न बर्गहरु छन। शरीरिक अवस्था,भाषागत कमजोरी,उमेर,मन्द बुद्धी जस्ता कारणहरुले पनि समाजमा निम्न बर्गहरु हुन्छन।यस्ता निम्न बर्गको उत्थनको लागि सरकारले कार्यक्रमहरु गरिरहनु पर्छ।
रिपब्लिकनहरु ठान्दछन कि,हरेक ब्यक्तिमा क्षमताहरु फरक हुन्छन।कोही जेहन्दार हुन्छन,प्रतिस्पर्धामा खरो उत्रिन सक्तछन।कोही मन्द बुद्धिका हुन्छन, प्रतिस्पर्धा गर्न सक्तैनन।यस्ता ब्यक्तिहरुलाई फरक अबसर प्रदान गर्नुलाई रेसिज्म भन्नु गलत हो।कुनै ब्यक्ती रेसिस्ट हुन सक्ला तर पुरा अमेरिकि समाज रेसिस्ट छैन।
अर्थतन्त्र :
डेमोक्र्याटहरु ठान्दछनकि ठुला ठुला कर्पोरेसन हरु नागरिकहरुलाई शोषण गर्दछन।सरकारले ठुला कर्पोरेसनहरुलाई नियमन गर्नै पर्छ।खुल्ल्ला छोड्नु हुँदैन। आर्थिक बृद्धी भन्दा आर्थिक समानता महत्वपूर्ण हो भन्दछन्।धनी बर्ग र गरीब बर्ग बिचको संघर्षलाई महत्व दिन्छन।
रिपब्लिकनहरु ठान्दछनकि फ्री मार्केट प्रणाली,कम्पिटिटिब क्यापटिलिज्म,प्राइवेट इन्टर्प्राइज नै अमेरिकि अर्थतन्त्रको मेरुदण्ड हो।यिनैले नै जनतालाई रोजगारी सृजना गरेको छ र जीवन स्तर उकासेको छ।आर्थिक ब्रिद्धिलाई महत्व दिन्छन।असल र खराबलाई महत्व दिन्छन।
शिक्षा पध्दति :
डेमोक्र्याटहरु ठान्दछनकि सामाजिक,आर्थिक असमानता कमजोर शिक्षा बाट हुन्छ।सरकारी बिद्यालयलाई शसक्त बनाउनु पर्दछ।शिक्षकहरुको तलब बढाउनु पर्दछ।शिक्षामा सरकारले खर्छ गर्नु पर्दछ।रिपब्लिकनहरु ठान्दछन कि निजी बिद्यालयलाई सरकारअले छुट दिनु पर्दछ।निजी बिद्यालयहरुले मात्र प्रतिस्पर्धाको स्रिजना गर्दछ।
बन्दुक नियन्त्रण :
डेमोक्र्याटहरु ठान्दछनकि संबिधानको दोस्रो संसोधनले नागरिकलाई फायर आर्मस राख्ने बोक्ने अधिकार दिएको छैन।स्टेटहरुलाई नेसनल गार्ड हरु राख्ने अधिकार मात्र दिएको छ।ब्यक्तिलाई बन्दुक राख्न नदिएरै सरकारले जनतालाई सुरक्षादिनु पर्छ।जती धेरै जनताले बन्दुक राख्छन उती धेरै हिंशा हुन्छ।
रिपब्लिकनहरु ठान्दछनकि दोस्रो संसोधनले हरेक नागरिकअलाई फायर आर्म्स राख्ने अधिकार दिएको छ।देशमा भएका यती धेरै नियम कानून हरु फायर अर्म्स नियन्त्रणको लागि पर्याप्त छन।कानुन मान्ने नागरिकको हातमा बन्दुक भएमा हिंशा बढ्ने होइन अपराध कम हुन्छ।
स्वास्थ्य सेवा :
डेमोक्र्याटहरु ठान्दछनकि सरकारले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु पर्दछ।दशौं लाख अमेरिकीहरु निम्न आय भएका छन।पैसा तिर्न सक्ने हालतमा छैनन।
रिपब्लिकन ठान्दछनकि फ्री मार्केट हेल्थ सिस्टमले सबैलाई स्वास्थ्य सेवा पाउने अवसर दिन्छ।स्वास्थ्य सेवा निसुल्क गरेमा सेवाको गुणस्तर घट्छ।सरकारको लागत बढ्छ तर सेवाको गुणस्तर घट्छ।त्येसैले स्वास्थ्य सेवालाई निजिकरण गर्नु पर्छ। सरकारले चलाऊनु हुँदैन।
धर्म र राज्य :
डेमोक्र्याटहरु ठान्दछनकी चर्चा र राज्यलाई अलग गर्नु पर्दछ।राज्यको लागि सबै धर्म बराबर हो।राज्यले कुनै धर्म लाई काखा र कुनै धर्म लाई पाखा गर्नु हुँदैन। सरकार चलाऊने हरुले कुनै धर्मको, कुनै धर्मअलम्बिको,वा कुनै देउताको जय भन्नु हुँदैन।सार्वजनिक स्थानमा कसैले पनि कुनै आस्था झल्किने प्रदर्शन गर्नु हुँदैन।यदि कसैले धार्मिक कर्म गर्न चाहन्छन भने आफ्नो आस्थाको मन्दिरमा,चर्चमा वा मस्जिदमा गरुन।धार्मिक कार्यहरु केवल बन्द कोठा भित्र गर्नु पर्छ।
रिपब्लिकन्हरु ठान्दछनकि धर्म र राज्यलाई अलग गर्नु पर्छ भन्ने कुरा संबिधानमा छैन।सरकारी भवनहरु तथा बिद्यालयहरुमा धार्मिक सन्देशहरु राख्दा राम्रो हुन्छ।सरकारले धर्म र धार्मिक सन्स्कार्मा हस्तछेप गर्नु हुँदैन।
आप्रवासिहरुको बारेमा:
डेमोक्र्याटहरु ठान्दछनकि गैर कानुनी भए पनि अमेरिका भित्र आईसकेकाहरुलाई कानुनी हैसियत दिनु पर्छ गैर कानुनी हरुलाई पनि,निशुल्क शिक्षा,निशुल्क स्वास्थ्य,आर्थिक सहयोग,सुबिधा,सोसल सेकुरिटी आदी दिनु पर्छ।कानुनी वा गैर कनुनी भन्दा पनि सबै मानब हुन भनेर व्यबहार गर्नु पर्छ।
रिपब्लिकन्हरु ठान्दछन्की गैर कानुनी आप्रबासी हुनै हुँदैन।गैर कानुनी प्रबेश गर्ने हरुलाई कडा कारबाही गर्नु पर्छ।गैर कनुनी आप्रवासी हरुले अनेक अपराध गर्दछन।
सयुक्त राष्ट्र संघको बारेमा:
डेमोक्र्याटहरु ठान्दछनकि,संयुक्त राष्ट्र संघ बिश्वमा शान्ती र अमन चयन को लागि जरुरी छ।हरेक अमेरिकन नागरिक विश्व नागरिक बनुन।राष्ट्रबाद र संरक्षणबाद्को कुरा कसैले नगरुन।
रिपब्लिकन्हरु ठान्दछन्की संयुक्त राष्ट्र संघ अमेरिकाको लागि आर्थिक बोझ मात्र हो।विश्वमा जहाँ जहाँ संकट पर्छ,त्यहा त्यहा अमेरिका स्वयम उपस्थित नभै संकट टरेको छैन।जब संकट समाधानको लागि अमेरिकी उपस्थिती नभै हुन्न भने संयुक्त राष्ट्र संघ किन चाहियो ?
– पूर्ण श्रेष्ठ, म्याडिसन विस्कनसन
प्रतिक्रिया