काठमाडौं। सरकारको महान्याधीवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।सरकारको निवर्तमान महान्याधीवक्ता अग्नी प्रसाद खरेलले पदबाट राजीनमा दिएकै दिन बडाललाई महान्याधीवक्तामा नियुक्त गरिएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको उच्च स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।
पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो प्रचण्ड-माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।
प्रतिक्रिया