कानुनविदहरु बाट सर्वोच्च अदालतमा विक्रम सम्वत २०४७ सालको संविधान बारे तत्काल मुद्दा दर्ता गर्न आवश्यक छ

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा २०७७ चैत १ गते १३:२२ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले विक्रम सम्वत २०४७ सालको संविधानको रिट परेमा फैसला के गर्नु हुन्छ हेर्न जरुरी छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. ले र न्यायाधीशहरुले के.पी.शर्माले विघटन गरेको संसद पुनः स्थापना गर्न सक्छ भने विक्रम सम्वत २०४७ सालको संविधान विघटन पनि भएको छैन।नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधान जीवित छ भन्ने मेरो तर्क छ।यसकारण विक्रम सम्वत २०७२ सालको संविधान खारेज हुनुपर्ने कि नपर्ने प्रधानन्यायाधीश र न्यायाधीशहरु लाई मेरो प्रश्न पनि छ।

अब विक्रम सम्वत २०४७ सालको संविधान पुनःस्थापना गरि पाउँ भन्ने विषयमा रिट पर्न गएमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुले के फैसला गर्लान भुतपुर्व प्रधानन्यायाधीशहरु,न्यायाधीशहरु,बुद्धिजीवी वर्गहरु,विश्लेषकहरु,कानुनविदहरु,अधिवक्ताहरु र वरिष्ठ अधिवक्ताहरु संग मेरो जिज्ञासा रहेको छ। तत्काल विक्रम सम्वत २०४७ सालको संविधान पुनःस्थापना बारे सर्वोच्चमा रिट पर्न आवश्यक पनि छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ ।

प्रतिक्रिया