प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

इनेप्लिज २०७७ फागुन २५ गते ११:११ मा प्रकाशित


काठमाडौं,

अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति एकसाथ सोमबार राजधानीमा एक समारोह बीच सार्वजनिक भएको छ। अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर आफ्नो उनले आफ्नो नयाँ गीतिसँग्रह प्रेम प्रार्थना र गीति पुस्तक अक्षत अनुराग सार्वजनिक गरेकी हुन्।यी कृतिको अग्रज गायक दीप श्रेष्ठ,गीतकार दिनेश अधिकारी,डा.कृष्णहरि बराल र बिप्लव प्रतिकले बिमोचन गरेका हुन्।

बिमोचित गीतिसँग्रह प्रेम प्रार्थनामा पाँच वटा गीतहरु छन्।जसमा मेरो हजुर… प्रेम प्रार्थना…,मिल्छ भने एउटा…,सुनन…,किस्ता किस्ता…बोलका गीत छन्।यि सबैगीत प्रतिमाले लेखेकी हुन्।सबै गीतमा अनिल शाहीको संगीत रहेको छ।यी गीतहरुलाई स्वरुपराज आचार्य, इतु जोजिजु,बविता मानन्धर,अस्मिता परियारले गाएका हुन्।गीतिसँग्रहलाई मिडिया ल्यान्डले बजारमा ल्याएको हो।

यसै एल्बमको तीन वटा गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो।जस मध्य प्रेम प्राथनामा धिरेन शाक्य र उषा खड्गीको अभिनय रहेको छ।यस्तै किस्ता किस्ता…मा,संगीतकार अनिल र गायिका अस्मिताले अभिनय गरेका छन्।सुनन…गीतमा भने दिवश श्रेष्ठ,सब्बु शाहीको अभिनय रहेको छ।यस्तै गीति पुस्तक अक्षत अनुरागमा आफुले विभिन्न कालखण्डमा लेखेका ७२ वटा गीतहरु रहेको गीतकार प्रतिमाले कार्यक्रममा बताईन्।

प्रतिक्रिया