पैँतालिसौं बर्षगाँठमा हरिभक्तको एकमात्र विमोचन

इनेप्लिज २०७७ फागुन २४ गते २२:४३ मा प्रकाशित

काठमाडौं।आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने हरिभक्त सिग्देल ‘महेश’ले आफ्नो पैँतालिसौं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमाचन भएको छ।

‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट कृति विमोचन गरिएको हो।

सोमबार विहान ललितपुरमा रहेको ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण गरिएको पुस्तकको विमोचन पुनः दिउँसो ‘होटल अकामा’धुम्बाराहीमा संयुक्त रुपमा विमोचन गरिएको हो।

हिन्दु धर्मका विज्ञ डा.ऋषिराम पोखरेल,बुद्ध धर्मका विज्ञ नजरुल हुसैन, इसाई धर्मका विज्ञ डा के.वी.रोकाया,नेपाल सरकारका सचिव एवं समालोचक गोपीनाथ मैनाली,प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल र प्रा.डा. खेम कोइराला ‘बन्धु’ले संयुक्त रुपमा गरेका हुन्।

४५ औं वर्षगाँठमा शुभकामना ४३ औं कृति हरिभक्त सिग्देल ‘महेश’ र मिना सिग्देल उप्रेतीको ४५ औं वर्षगाँठको शुभ अवसर पारी सिग्देलको ४३ औं कृतिको विमोचन भएको हो।सो शुभ अवसरमा विभिन्न विद्वानहरुले सुखद् बैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा साहित्यकारहरु युवराज मैनाली,डा.अर्जुनदेव भट्ट,पुरुषोतम सिग्देल,दामोदर पुडासैनी ‘कशोर’,श्रीहरि फुयाल लगायतले शुभकामना व्यक्त गरे।

‘खड्गध्वज–गंगादेवी सिग्देल स्मृति साहित्य सारथी पुरस्कार तथा सम्मान २०७७ को शुभारम्भ आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल महेशको बुबा–आमा खड्गध्वज–गंगादेवी का स्मृतिमा प्रत्येक वर्ष नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिने साहित्यिक संघ–संस्था र साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गर्ने उदेश्य राखी नगद रु पन्ध्र हजार पाँच सय पचपन्न सहित प्रत्येक वर्ष सम्मानको शुभारम्भ गरेको हो।

सो पुरस्कारबाट पहिलो वर्ष २०७७ बाट साहित्य बाटिका नेपालका भैरवी भूगोल र बलराम दहालको जोडीलाई प्रदान गरियो।

 

प्रतिक्रिया