दाने समूहका नेता रावललाई ओलीकाे जवाफ- म कुन पार्टीको अध्यक्ष हाे भन्ने कुरा सर्वाेच्चलाई सोध्नु

इनेप्लिज २०७७ फागुन २४ गते ११:५८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल समूहका नेता भीम रावललाई आफू कुन पार्टीको भन्ने कुरा सर्वाैच्च अदालतलाई सोध्न भन्दै कडा जवाफ दिएका छन्।आइतबार साँझ प्रतिनिधि सभाको बैठकको बीच समयमा बोल्दै नेता रावलले प्रधानमन्त्री ओली कुन पार्टी हो भन्दै जवाफ मागेको थिए।

सोमबार १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा गएर प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्न आग्रह गरेका छन्। उहाँहरुले नेकपाको साधारण सदस्यबाट निकाल्नुभयो।म साधारण सदस्य पनि होइन अदालतले भन्यो म कुन पार्टीको अध्यक्ष हो भने र ? अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ ।सर्वोच्च अदालतमा सोध्न जाउ कुन पार्टीको भनेर’,भन्दै कडा रुपमा जवाफ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नभएको भए देश चुनावमा गएर सहज रुपमा नयाँ सरकार गठन हुने बताए।उनले संसद पुनःस्थापना भए पनि संसद बैठकका काम कारबाही सहज रुपमा सुचारु गर्न पनि सांसदहरुलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल र कांग्रेसले सदन अवरुद्ध पारेको विषयमा स्पष्ट पारे।उनले सदनमा पेश भएको अध्यादेश फेल गरेर देखाउन पनि चुनौती दिए।

‘यतिबेला देश चुनावमा जान्थ्यो।नयाँ सरकार निर्माण हुन्थ्यो । पुनःस्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गरौंन । छलफल गरौं न संसद धामी नाच हो कि ।सक्छौ भने अध्यादेश फेल गरे भइगो नि।फेल गर्ने आँट पनि छैन्।मुद्दा लडेर आइसकेपछि ताजुब देखियो’,प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया