अनेसास महिला समितिले नारी दिवस मनायो

समाचारदाता २०७७ फागुन २३ गते २३:४१ मा प्रकाशित


अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे।

अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र लीला लुइटेलले विशेष आतिथ्यता गरेका थिए। कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, बीओटी उपाध्यक्षद्वय पदम बिश्वकर्मा, पुरु सुवेदी,अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ,महासचिव सर्वज्ञ वाग्ले,कोषाध्यक्ष कृष्ण गिरी,सदस्यद्वय माया गुरूङ र सदस्य तारा अधिकारी,अनेसास पोर्चुगलका महासचिव अर्जुनश्री, लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रममा भारती गौतम, डा. संगीता स्वेच्छा, सन्ध्या पहाडी, गंगा लिगल, विष्णा विरही, कल्पना सुवेदी, रजनी श्रेष्ठ, बन्दना कोइराला, शान्ता घिमिरे, शकुन्तला ज्ञवाली, ललिता दोषी, आचार्य प्रभा, लक्ष्मी श्रेष्ठ,कल्पना सुवेदी, मिनुबाबा मिश्र, आनुराधा शर्मा, उषा शर्मा, गंगा अभिलाषी,अन्जना न्यौपाने, शारदा पौडेल ‘नीशा’,चन्द्रवदना घिमिरे, निर्मला राई, सुभद्रा भण्डारी, गोमा न्यौपाने, बिन्दा पराजुली, मञ्जु भण्डारी, मीरा काफ्ले पोखरेल, उमा शर्मा, लतिका जोशी, ललिता जोशी, रश्मि रिमाल, गायत्री तिमल्सिना, गीता बजगाईं, रीता प्रधान, रुक्मिणी कार्की, मुक्ति गौतम, लक्ष्मण न्यौपाने, छत्रपति दाहाल, युवराज भण्डारी, तृष्णा, उर्मिला निर्दोषीलगायतले कविता वाचन तथा मन्तव्य व्यक्त गरे।

अनेसास महिला समितिको संयोजक उर्मिला निर्दोषीको संयोजनमा तीन घन्टा ४० मिनेट चलेको उक्त कार्यक्रमलाई गोर्खा भ्वाइस र रेडियो हिमालयनले प्रत्यक्ष प्रशारण गरेका थिए भने कार्यक्रममा साहित्यकार वाहेक बिभिन्न संघ संस्थामा आवद्द सफल महिला नेतृहरूको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया