आगामी अमेरिकन एनआरएनमा कस्तो नेतृत्व हुनु पर्छ?

एकबहादुर क्षत्री २०७७ फागुन १६ गते १७:१५ मा प्रकाशित


एकबहादुर क्षत्री । नेपालीहरु आफनो देश गौरब शालि देश र एक इमान्दार सिपाही भै ब्रिटिश गोराहरुले पत्याएर बिदेशी सेवामा रोजगारी पाउने अबसर पाए। इमान्दारिताको कदर र आफनो लगनशीलताको कारणले गर्दा अहिले हामी अमेरिकामा नै ५/१० लाख नेपालीहरुले जिबिका निर्बाह गर्ने मौका पाएका छौं। अमेरिकनहरुको व्यक्तिगत स्वन्त्रता र उद्धमशीलताको कारणले गर्दा नै संसारको ठूलो र शक्ति शालि देशको रुपमा चिनिएको छ। हामी नेपालीहरु यस अमेरिकामा विभिन्न नेपाली संस्थामा आबद्द हुने अवसर छ। सो मध्ये अमेरिकन एनआरएन पनि एक नेपालीहरुको देशभरी फैलिएको संस्था हो। १० बर्षको सहयात्रामा एनआरएन संस्थाको नाम समेत सुन्न नचाहने धेरै छन्। १० प्रतिशत पनि सो संस्थाको सदस्यनै छैनन् र सदस्य लिने पनि अरुको चुनाबी बाध्यताले नै लिएका छन्।

तसर्थ आगामी चुनाबमा यस संस्थाको र अमेरिकाको हितमा काम गर्ने लाई पठाएर यो संस्था सधै सबैलाई हुने गरि एक अमेरिकन सामाजिक संस्थाको रुप अगाडी बढाउनु अहिलेको आबश्यकता हो कि?

१- सबै एनआरएनहरुलाई सदस्य बनाउने:- एनआरएनको संस्थाको स्थपना गर्दा बर्षौं देखिका नेपाली संस्थाहरुको पहिचानलाई दखल पुराएर स्थपना गरियो अहिले सो विवाद चरम सीमामा पुगेको छ। कुन हो आधिकारिक नेपाली संस्था एनआरएन वा स्थानीय संस्था कसले सहायता गर्छ कसलाई मान्ने । स्थानीय नेपाली संस्थालाई एनआरएन संस्था होइन भने के नामकरण गर्ने हो ? अहिले आएर चुनाबी र पदको लहडमा बीस हजार सदस्य बनाएको छ र स्थानीयमा कति सदस्य भए सो को लेखाजोखा छैन । सानो समूह भएको शहरमा बाहेक दुवै संस्थाको बाध्य भएर सदस्य हुने भए पनि मध्यम र मेट्रो शहरमा अहिले कुनै ब्यक्ति न बर्षौ देखि कुनै संस्थाको सदस्य छैनन् र हुन् पनि चाहदैनन् । चुनाबको बेलामा चुनाबको लागि भनि सदस्य बनाएर संस्था बचाएका छन्। समग्रमा स्थानीय संस्थामा २० प्रतिशत र एनआरएनमा सोहि स्थानीयमा सदस्य भएका एक चौथाई मात्र सदस्य एनआरएनको सदस्य.भएका छन्। किन दोहरो सदस्यता? किन एनआरएनले शुल्क बिनाको सदस्यता दिएर सदस्यता बनाउने असफल प्रयास गरिंदैछ?

तसर्थ ९० प्रतिशत नेपालीलाई सदस्य बनाउने र सेवा पुर्याउने अहिलेको संरचना बदलेर स्थानीय संस्थालाई नै एनआरएन मान्ने गर्नु पर्छ। स्थानिय संस्थाले पनि सबै नेपालीले सदस्य लिने बाताबरण गर्न भौगोलिक अनुसार ७५ जना भन्दा बढी सदस्य हुने भएमा स्थानीय क्षेत्र अनुसार टुक्रा गर्ने र २५ भन्दा कम भए अरुसंग गाभ्ने इकाईको ब्यबस्था गर्नु पर्छ । यस्ले गर्दा सानो इकाई ब्यबस्थापन गर्न सजिलो र एक अर्काको बिचमा मित्रता बढ्ने अनि सबै सो संस्थाको सदस्य हुन् बाट पन्छिन पनि चाहन्दैन् पन्छिन पनि गार्हो हुन्छ । आवधिक अधिबेशन गर्न पनि सजिलो हुने र सबैको उपस्थिति पनि हुन्छ। अहिलको १० प्रतिशत भन्दा कम सदस्यहरु भएको अबस्थामा ९० प्रतिशत भन्दा बढी सदस्य हुनेछन् र अहिलेको दोहरो र अलोकप्रिय कार्यको समस्या समाधान हुन्छ।

२- सबै एनआरएनहरुलाई नेपालमा लगानी गर्न लगाउने : एनआरएनहरुले नेपालमा आफनो अधिकार खोजि राखेर नागरिकता समेत दिने गरि संबैधानिक ब्यबस्था गरे तापनि कार्यन्वयन भएर केहि एनआरएनहरुलाई मात्र फाइदा हुने भएता पनि नेपाल र धेरै एनआरएनहरुलाई हुने भन्ने छैन। हामीहरुको आबश्यकता नागरिकता भन्दा पनि सुगम लगानी तथा सुबिधा बसाई हो। सबै लिन त कर पनि तिर्नु पर्यो हैन र! एनआरएनहरुले अहिलेसम्म गरेका गतिविधिले देखिएको छ कि हामीहरुले अधिकार खोज्ने अनि नेपालको लागि हामी अमेरिकन नेपालीले अरब मुलकमा नेपाली मजदूरहरुले जति पनि योगदान गरेका छैनौ नि! एनआरएन संस्था अमेरिकामा संचालन हुने भए पछि अमेरिकामा रहेका एनआरएनहरुको हित हुने काम कार्यबाही अगाडी बढ्नु पर्ने सो भएको छैन्।

तसर्थ एनआरएनको योजना काम कार्यबाही सबैलाई समेट्ने खालको हुनु पर्छ। हरेक बार्षिक कूल आयको १-५ प्रतिशत अनिबार्य रुपमा नेपालमा चन्दा, दान गर्नु पर्ने हो सो नभए आफनो एनआरएन बन्न मौका दिने स्थानको स्थानीय बैंकको बचत खातामा लगानी गरने ब्यबस्था मात्र गरेर अर्बौ डलर निरन्तर नेपालमा लगानी गरि बचत अभिवृदी सकिन्छ। अमेरिकमानै हामी नेपालीहरुको आधाको कुनै पनि जीवनबीमा बीमा प्रिमियम दर महंगो भएर वा कागज नभएर गर्न सकेको छैन्। आफनै म्युचुअल इन्सोरेन्स (Mutual Insurance )स्थापना गरि हामीलाई सुहाउँदो सानो लगानी सानो सुरक्षा अभिबृदी गर्नु पर्ने छ। हाम्रो समस्या समाधान हुने खाले केहि सुरक्षा र बार्षिक कुल आएको १-५ प्रतिशत लगानी गरि बचत कार्य गर्ने सोच्नु पर्नेछ ।

लगानीलाई आबद्ध गरेर हामीले खोलेको बैंकको हाम्रो कारणले नगद कारोबारको गर्नु परेकोले संचलन नोक्शान भएको छ भने विस्तार गर्न सकिने स्थिति भै सोचे अनुसार हुन् सकेको छैन। नगद कारोबार नगरिकन सबैले सेवा उपयोग गर्ने र बैंक सेवा सबै नेपाली समुदाय पुर्याउनु पर्नेछ । फेडेरल र स्टेट सरकार तथा अन्य सामाजिक संस्थाबाट अनुदान लिएर विभिन्न सामाजिक सेवा गरेर नेपालीहरुको पहिचान बनाउनु पर्नेछ । अझ कति गर्नु पर्ने गर्न सकिने छन् । त्यसैले आगामी चुनाबमा स्थानीय बासीहरु लाई कसरि लगानी गराउने तथा नेपालमा कसरी श्रोत परिचालन गर्न सकिन्छ सो गर्ने र अध्ययनशिल व्यक्तित्वको चयन हुनु पर्छ।

३ –गुमेको साख: फिर्ता लिएर सो साख: शिखरमा पुराउने :-

३ -१ हामी सबैले बुझेको कुरो हो हामीहरुको अमेरिकी समाजमा १०/२० बर्ष अगाडिको साख: र अहिले को साख:मा निकै कमि आएको छ। हामी संख्यामा पनि अमेरिकाको उदारवादी नीतिले अत्याधिक बढेको छ हाम्रो गौरबको कुरा हुन् । इमान्दार भनि गनिएको देशबाट इमान्दार देश भनि छानी जीवन बिताउने गरि आएको देशमा हामी नेपाली समेत प्रवासीहरुले हाम्रो साथै हाम्रो अमेरिकाको साख: निकै गिराएका छौँ। हामीहरुले महसुश गरेका सदस्यता लिने, चुनाबका कुराहरु, मोटो रकम तोकेर अधिबेशन भाग लिनु पर्ने, अधिबेशन सदस्य छनौट, अधिबेशन सदस्य भोटको किन बेच आदिआदि कति तिता तिता काम कुरा भयो तिनीहरु भनि लेखि साध्य छैन। ४-६ बर्ष देखि संस्था कस्तो भयो भने यो संस्था नेपाली ब्यापारिको अझ ग्यास स्टेशन ब्यापारिहरुको संस्था हो कि राजनैतिक संस्था भनि छुट्याउनु मुश्किल भएको छ।

३-२ हामी कस्ता छौं। हामी इमान्दार देशमा इमान्दार भएनौ। हामी कागज भएर पनि नगदमा काम गर्न बार्गेन गरेर.नेपाली ब्यापारीलाई धराशायी गराउने, ब्यापारीलाई कर छल्न प्रोत्सहान दिने, कानून दिएको बेरोजगारी भत्ता, बीमा आदिबाट बन्चित हुने, कम आय भनि स्वास्थ्य बिमा नगर्ने अनि अरुले कर तिरेको करको औषधि सुबिधा लिने, अनि अहिले कोरोनाको महामारीमा फेडेरलको सुबिधाले गर्दा राहत दियो नत्र बेहाल हुने थियो। अझ बेरोजगार भत्ता लिन र कामबाट पनि काम गरेको लिन घण्टा घटाएर PPA Loan सुबिधा बाट नै बन्चित हुने गराउन समेत पछि पर्दैनौं। बच्चा सानो १६ बर्ष हुँदासम्म Earned Income Credit लिन र बच्चा कलेज गए पछि बच्चाको कलेज शुल्क कम् तिर्नको लागि पे चेक मा काम नगरी नगदमा पे चेक लिने आदेश गरि झूट आम्दानी पेश गर्ने आदि आदिमा पछि पर्दैनौ।

३-३ हामी कस्ता ब्यापारी नगद कारोबारको रकममा बिक्रि भएको रकम बिक्रि करको अंक कम देखाएर अझ मिले सम्म क्रेडिट कार्ड समेत पनि कम रिपोर्ट गर्ने, कर नलाग्ने रिपोर्ट गरि ग्राहकले तिरेको कर नाफा गर्छौं। हाम्रो व्यापार सधै घाटा सामान किने भन्दा सस्तोमा समान बेचेको रिपोर्ट गरि कर छल्छौँ।.नेपालीको संस्थाको आयोजनामा हुने.सभाहरुमा खान खुवाउंदा नगदमा दिए कम र चेकमा दिए बढी भनि भनेर संस्था सदस्यलाई मूकदर्शक बनाउछौं। काम गर्नेलाई सकेसम्म अरुको.बहाना गरि नेपाली र अन्य प्रबासीलाई नगदमा.पे चेक लिन दिन कर सल्लाहकार हुन्छौं। हामी सरकार लाई मात्र होइन जस्ले काम व्यापार गर्न सहयोग गर्यो, जस्ले साझदारीमा लगानी गर्दियो सो ब्यापारी लाई शुरु भएको दिन देखिने नै चलखेल गर्न पछि पर्दैनौ आफै डुबेर भए पनि साझेदारलाई शिर उठान गर्न नदिन पछि पर्दैनौ।

व्यापार सधै नोक्शान तर बैंकमा यथेस्ट रकम बचत जम्मा, राम्रा गाडी, घर अरुले कर तिरेको रकमबाट औषधि उपचार लिने बीमा नगरे पनि, नेपालमा लगानी गर्ने,जग्गा किन्ने, कर तिर्नेहरुको खिशिकुटी गर्ने आदि आदि कुराहरुमा बिलिन हुन्छौ । सकेसम्म चिने जानेको अलि नियम पालन गर्नु पर्छ भन्ने सीपीए भन्दा अन्यत्र सीपीए वा नन सीपीएसंग कुरा लुकाएर सीपीएसंग मिलोमतो गरि कर छल्ने गरेर समेत गौरबनित हुन्छौ। एस्ता कामहरु कुनै दिन पक्राउ परिने यसरी लुकाएर कमाएको कालो पैसा ले नपुग्ने तथा यसले नेपाली र नेपाली संस्था पाएको सुबिधा कटौती हुने कुरा संस्थाहरुमा समेत छलफल न गर्न.समेत सल्लाह दिन पछि पर्दैनौ।

३-४ हामी कस्ता कानून सल्लाहाकार छौं भने पिडित नेपाली.प्रवासी बाट मोट रकम चेकमा होइन नगदमा कर मुक्त शुल्क लिएर झूट मूट बोल्न र कागज बनाउन लगाएर नेपाली र अमेरिकाको अभिमानमा दखल पुराउन, प्रवासी लाई नगदमा काम गर्न प्रोत्शाहन गरि आत्म गालिनी.गराउन पछि हट्दैनौ। हामीले सीपीएलाई Sponsorship बाट ग्रीन कार्ड बनाउनको लागि ब्यापारी मार्फत ओनरको भन्दा तलबको पेरोल बनाउन आदेश गर्छौं पछि आएर ग्रीन कार्ड बने पछि पेरोल भन्दा कम दिएको भनि अर्को झमेला हुने कुरामा मौनता हुन्छौं। हामी कस्ता सफ्ट इन्जिनियर नगद बिक्रि मेटाउन मिल्ने गरि सफ्टवेर बनाउन, अर्काको नाममा अर्को भएर इन्टरभियु सहयोग गर्न पछि पर्दैनौ।

३-५ हामी अमेरिकाको चुनाबमा उम्मेदवार हुने र बिजय हासिल गर्ने त केहि मात्र छौँ। हामीले बुझी सकेका छौ कि नेपाली ब्यापारीसंग कर नतिरेको रकम छ,
चन्दाको श्रोत उनीहरुनै हुन् र सबै न देखाए पनि हुन्छ। ब्यापारीहरु पनि चेकमा भन्दा नगदमा चन्दा दिन रुचाउनछन।.चुनाबमा उम्मेदवारले प्रकाशित गरेको चन्दा संकलन र खर्च विवरण हर्ने हो भने अरु मुकदर्शक हुनु पर्ने हुन्छ। जितेकालाई सुधार कुरा लेखि पठाए पछि नेपालीबाट आएको कुरा गुमराहा अगाडी बढाएर आफनो नाम र नेपालीको शान बढाउने कुरामा गुमराह हुन्छौ ।.यस्तै मन्दिर बनाउने भए पछि नाम संचारमा आउने भए पछि बार्षिक कर को १० गुना कर नतिरेको रकम तिर्ने घोषणा गर्छ।.दिने बेला त्यो पनि आनाकानी गर्छौं तिर्दैनौ।

३-६ हामी कस्ता सीपीए ब्यापारीले भनेको रकमको कर तिर्ने बनाउनु पर्ने । एटर्नी र मोरगेज़रले भने अनुसारको इन्कम ट्याक्स रिटर्न पे रोल, टिप् आम्दानी, बिक्रि घटी बढी आदि आदि गरेर बनाउनु पर्ने।Earned Income Credit लिन र बच्चा कलेज गए पछि बच्चाको कलेज शुल्क लिन मिल्ने, घर किन्न ऋण लिन मिल्ने, धेरै कर तिर्नु नपर्ने गरि पे रोल, इन्कम ट्याक्स रिटर्न तयार गर्नु पर्ने संसोधन गर्नु पर्ने । तीन चौथाई समय नचाहेको काम नै गर्नु पर्ने।

३-७ हामी कस्ताछौँ कसरि कानूनले नदिएका कुरा गरेर हामी अमेरिकामा स्थापित हुन् के के गर्नु पर्ने भन्ने कुरा सन्तोष लामिछानेको उपन्यास अल्टिमेट आकाशमा एउटा पाटोको छर्लंग पारेका छन्। शायद यसरी नेपाली प्रबाशी भएर कसरी गैर तरिकाले काम गर्न प्रेरित गरको छ। अरु पाटाहरुपनि छन् जस्तै हामीहरु लागु औषधि बहानामा आफूलाई चाहिएको बनाई किनबेच गर्न समेत पछि हट्दैनौ। नेपाल आएका पाहुनाहरु, कलाकारहरुलाई कर छलुवा बनाऊछौँ! हामी पाएसम्म सबै बेनेफिट लिनु पर्ने, फेरी अर्को तिर घर, गाडी आदि र आयासी जीबन जिउनु पर्ने । कस्तो मानसिकता होला यो दुवै हातमा लड्डू !अगुवाहरुले नै एस्तो सिकाए पछि समाज कता लैजान्छौ ?अमेरिकामा जन्मेका र हुर्केका अनि अमेरिकन संस्कारमा भिजेका को छोरा छोरी सितको डर मान्दैनौ।

३-८ हामी कस्ता कागज नबनेका प्रबासी हामी अहिले अमेरिका जस्तो देशमा स्वतन्त्रको नाममा २० सौं शताब्दीका दासी भएर गुजारा २-४ बर्ष होइन १५ -२० बर्ष सम्म बसी राखेका छौँ। हाम्रो संख्या घट्नु को साटो बढी रहेका छौँ । हामी रु ४०-५० लाख खर्च गरेर ज्यानको बाजी राखेर आउने क्रम जारी र प्रोत्सहान काम हामी कागज नबनेका प्रबासीलाई उदाहरण दिएर एनआरएन र नेपाली राजदूताबासले हौसल्ला दिन्छौं। मिति तोकेर भनौ सन् २०२० पछि तेश्रो देशबाट प्रवेश गर्नेलाई एनआरएन र नेपाली राजदूताबासले कुनै सेवा नदिएर अमेरिकी सरकारलाई फिर्ता पठाउन सहयोग गर्छौ भन्ने घोषणा गर्दैन्नौ।

हाल मौज़दा हजारौं ५/७ बर्षसम्म फोन,कार किन्न, घर रकम पठाउन तथा हवाई जहाजमा यात्रा गर्ने नपाइने दासत्व मुक्ति सो अबधि पछि नेपाल फर्कने जस्ता शर्तमा ती हजारौं नेपालीको बारेमा कुरा गदैनौ। उनीहरुको भबिस्य कस्तो होला हामीले तुरुन्त ख्याल गर्नु पर्ने हो । संस्था रहेर नरहेर केहि गर्ने कुराको उच्चारण नगरी अमेरिकी र छिमेकि तथा नेपाली र छिमेकि सरकारलाई गाली गरि पन्छिन पछि पर्दैनौ। बरु प्रबासी.बनाउन प्रोत्सहान गरि उनीहरुको भबिस्यमा एउटा बिश्वाशिलो कामदार बनाएर मद्दत गरेका हुन्छौं।अनि पछी चित्त नबुझे मौका परे लताएर देश निकाल्ने धन्दा गर्छौ।

३-९ हामी नेपालीले सजिलै पाउने काम भनेको र प्रबासीहरुको ग्यास स्टेशन हो । समय समयमा ग्यास स्टेशनमा सानो सानो नगद समेत लुटन अपराध हुने गरेका छन् । सो को शिकार भएर कतिपय नेपालीहरु को बिभ्स हत्या हुने र ज्यान गुमाउनु परेको छ। ती लुटेराहरुले २००-४०० डलरको नगद चोरीको लागि लुट्ने गरेका छन् । यस्तै गरि ग्यास स्टेशनका मालिकहरु नगदको कारोबारको कारण दिइने तलब कम पाए पनि सो को भर्नामा नगद चोरी हुँदा मूक दर्शक हुनु परेको छ।

३-१० यस्तै धेरै धेरै विकृतिका कुराहरु नेपाली अमेरिकनहरुले अरु प्रबासी अमेरिकन र अमेरिकनहरुले बेहोरेका छन्। कति यस्ता कुराहरु लुकेका छन् कति लुकाईएका छन्। हाम्रो समस्या भनेको अंग्रेजी सिकन निस्केको छोरा हिन्दि पो सिकेछ भन्ने चरितार्थ भएको छ। यी बिकृतिहरु धेरै थोरै होइन जे भएपनि शुन्यको परिकल्पना गर्नु पर्छ । कानूनको अलवा समाजले पल पलमा हेरेको हुन्छ र हेरिनु पर्छ। सानो सानो बाट ठूलो हुन्छ अनि समाली न सक्ने हुन्छ। फेरी किन देश छोडी छु आफू त बिरोनो भैयो पछिको सन्ततिको त ?

३-११ आगामी चुनाब माथि उल्लेखित बुंदाहरु र यस्तै अरु नगरेका नगर्ने राम्रा व्यक्तित्व भएका, सुध्रेका र सुधिर्न कटिबद्ध ब्यक्तिहरुलाई छानेर मात्र पठाउनु पर्छ । जस्ले आफनो कार्यकालको पहिले छ महिना भित्र सुधारात्मक कार्य सबैले महसुस हुने खालका कार्य योजना पेश गर्ने र गुमेका साख: बचाउने सक्षम व्यक्तिलाई आगामी नेतृत्व दिनु पर्छ। सबैले नेतृत्वलाई साथ दिनु पर्छ।

४- अमरिकी समाजमा दिमागी गोर्खाली बहादुरी प्रमाणित गराउने:-

हामी र अमेरिकामा जिन्दगि गुजार्न भनि देश छोडेर आएका हौँ। अमेरिकाको कानून मान्ने र अमेरिकाको नियम कानून मजबूत बनाउनेमा हाम्रो कल्याण छ । माथि उल्लेखित ३ बुंदाहरुका कार्यहरु जसले गरेपनि कार्यबाही परे पनि नपरेपनि अपराधिक हुन् र सो गर्नु पर्ने कारण नगद कारोबारका कारणले गर्दा नै भएको हो। नगद कारोबार नहुने भने ति कार्य गर्ने मौका नै मिल्ने थिएन। ती समस्या भनेको नेपाली अमेरिकन मात्र होइन सम्पूर्ण अमेरिकी समाजको हो। यो समस्याको निधान गर्ने कार्यमा लगेर हामी दिमागी गोर्खाली बहादुरी देखाउने बेला छ।

हामीले अमेरिकामा देखेको र भोगेको कुराहरु गैर कानूनी प्रवासी प्रवेश, लागु जन्य पदार्थको कारोबार, कर छल्ने प्रवृति , अपराध नियन्त्रण गर्नको लागि अत्याधिक खर्च गरिएता अपराध बढी रहनु तथा Money Laundering आदि आदि जटिल समस्या हुन । एफबिआईको प्रतिबेदन अनुसारनै अपराधको दर बर्षौ देखि घटन सकेको छैन । धेरै अपराध चोरीका छन्। गत बर्ष २०२० मे जुन को आन्दोलनले जुन उग्ररुप लियो जुन नेपाली अमेरिकनहरुले पनि गहन चासोको बिषय मानी राखेका छन ।

ती सबै गैर कानूनी प्रबासी, लागु जन्य पदार्थको कारोबार, कर छल्ने प्रवृति र चोरीका अपराध हुनुका कारण तथा बन्दुकको अत्याधिक उपयोग हुनुमा नगदको कारोबारको गहन भूमिका छ । डलर बिल चलन चल्ती बाट हटाउनु नै एक बिकल्प ह। एफबिआईको प्रतिबेदनबाट देखिसकेको छ कि निर्मूल होइन घटाउन पनि गार्हो भएको छ । स्मरणीय कुरा छ कि कति नेपालीहरुले २ -४ सय डलरका कारणले ग्यास स्टेशनमा काम गर्दा अनाहकमा ज्यान गुमाउनु पर्यो । गत मे को आन्दोलन शुरवात २० डलर बिलको रकम कारणले भएको थियो। जुन आन्दोलनले नेपालीहरुको पनि चासो बनि राखेको छ। सानो नेपाली सिपीए संस्थाले डलर बिल चलन चल्तीबाट हटाउनु पर्ने कुरा बिस्वस्थ भै अगाडी बढेको छ।

नेपालीहरुको सिपीए संस्थाले नेपालीको दिमागी बहादुरिता देखाउने कसरतमा अहिलेका एनआरएनका कार्य समितिसंग सहकार्य नगरिकन अगाडी जान नसकिने भएकोले एनआरएन संस्थाको सहयोग मागेको प्रस्ताबमा त्यस संस्थाका सदस्यहरु न त संस्थाको प्रस्ताब एनआरएन को बोर्डमा छलफल गरियो न त अरु संस्थासंगको संयुक्त मिटिंगमा सहभागीको इमेल फोन उत्तर दियो। अगुल्टो लागेको बिरालो बिजुली देखि तर्सन्छ भने जस्तो भएको हो कि भन्ने जस्तो शंका मान्नु पनि स्वाभाविक हुन्न र ! के नेपालीहरुको साख: गिराउनेमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा संलग्न छैनन् होला? यसका असहयोग गर्ने जिम्मेवार २५-३० बोर्ड सदस्य देखि अधक्ष्य तथा केहि च्याप्टर अधक्ष्यहरु छन्। उल्लेखित अपराधहरु निराकण गर्ने तर्फ़ नलागेर नेपालीको व्यवशायिक संस्थाले सबैको लागि कल्याणकारी काम गरकोमा असहयोग गर्नु झन् प्रश्न योग्य छन्।

५- फेरि दोहरिनु संस्था र नेपाली अमेरिकनहरुलाई अभिसाप हो:- अब प्रश्न छ कि के यी पदाधिकारीहरुले न त नेपालीहरुको खस्केको साख: माथि उठाउने कामको आवाज सम्म उठानको कदर गरे, अमेरिकी समाजको जटिल समस्या बारे सोचे? गत ४-६ बर्षका चुनाबमा र अधिबेशन अनैतिक कार्यबाट अछुतो रहन सके? के स्थानीय सस्था र सदस्यको मर्म बुझन प्रयास गरे ? के अमेरिकामा नेपाली राजनैतिक अखडा नहुन् केहि गरियो? केहि व्यक्तिगत लगानी बाहेक सामुहिक लगानीको लागि मुसाको स्वर निकाले? के खुसि साथ् मेम्बेर बन्न आउने बाताबरण बनाउने, पारदर्शी सिस्टमको अनुनयन गर्ने , के लुकी बसेका Professional हरुलाई संगठन मा ल्याउन कोलागी केहि गरे ? यी सबैको जवाफ छैन । तसर्थ इनिहरु फेरि दोहरिनु संस्था र नेपालीलाई मात्र होइन र अमेरिकन समाजलाई अतुलनिय अभिसाप हुनेछ। तै पनि केहि बाँकि महिनमा उल्लेखनिय काम गर्न नसकिने होइन।

६ – कस्लाई नेतृत्व लिने दिने त ? :– सबै २० हजार सदस्यहरुले जसरी सदस्य लिनु भयो ? कसैले जिद्दी गरेर सदस्य बनेको भए पनि भोट दिने बचन दिएको भए पनि पुन: विचार गरौँ। जसरि मैले यो पस्कने काम गरे त्यसै गरि सबै एनआरएनहरुलाई सदस्य बनाउने, सबै एनआरएनहरुलाई नेपालमा लगानी गर्न लगाउने, सबै एनआरएनहरुको गुमेको साख: फिर्ता लिएर सो साख: शिखरमा पुराउने, अमरिकी समाजमा दिमागी गोर्खाली बहादुरी प्रमाणित गराउने तथा अन्य नसमेटिएका सामुहिक बिषयका कुराहरु जस्तै नेपाली नागरिकले भोट विदेशको आफनो घरबाट दिन पाउने आदि आदि कुरा पस्कौं ।

उदेश्य पुग्ने गरि नयाँ टिममा असल खेलाडी बनाऊँ!असल खेलाडी छानौ!!!

प्रतिक्रिया