सर्वोच्च अदालतमा विक्रम सम्वत २०४७ सालको संविधानको मुद्दालाई थन्क्याएर राख्ने काम भएको छ किन ?

इनेप्लिज २०७७ फागुन १२ गते २३:३२ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब. राणा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर के.सी.हजुरहरुले विक्रम सम्वत २०७७ साल फागुन ११ गते संसद विघटनको रिट बदर गरि संसद पुनःस्थापना गर्नु भएकोमा स्वागत योग्य कदम छ तर वास्तविक रूपमा विक्रम सम्वत २०४७ सालको संविधान पनि मरेको छैन जीवित छ पुनः विक्रम सम्वत २०४७ सालको संविधान विषयमा रिट पर्न गयो भने के फैसला सुनाउनु हुन्छ ? प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. र चार जना न्यायाधीशहरुलाई म के अवगत गराउन चाहान्छु भने सर्वोच्च अदालतमा विक्रम सम्वत २०४७ सालको संविधान बारे मुद्दा परेको थियो विक्रम सम्वत २०४७ सालको संविधानको मुद्दालाई थन्क्याएर राख्ने काम भएको छ किन ?

विक्रम सम्वत २०४७ सालको संविधान बारे मैले मुद्दा दर्ता गराउन जाँदा सर्वोच्च अदालतमा मेरो मुद्दा दर्ता गरिएन किन ? यस विषयमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. र चार जना न्यायाधीशहरुको ध्यान तत्काल जाओस । विक्रम सम्वत २०४७ सालको संविधान बारे अन्याय भएको छ न्याय चाहियो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया