षडयन्त्रको सिद्धान्तमा आधारित : प्रधान मन्त्री के.पी. शर्मा ओलीको राजनिती

अधिवक्ता राजेश काफ्ले २०७७ फागुन ९ गते २१:१४ मा प्रकाशित

 

यो देशको प्रधान मन्त्री के.पी. शर्मा ओलीको राजनीति पूर्णरुपमा षडयन्त्रको सिद्धान्तमा आधारित छ । उहाले गरिब सोझा साझा नेपाली जनतालाई बेवकुफ र मुर्ख बनाई रहनु भएको छ । संविधान र कानूनको धज्जी उडाउने काम गर्नू भएको छ । गरिब जनाताले तिरेको करमाराजा महाराजा जस्तै मोज मस्ती रजाई गर्दै सोही करको पैसाले जनतालाई विकाश र सम्वृद्धिको ललिपप दिदै बेबकुफ वनाउदै राजकिय सत्ताको चरम दुरुपयोग गरिरहनु भएको छ ।

सत्ताको आड र भरोसामा प्रधान मन्त्री के.पी. शर्मा ओलीले षडयन्त्रको सिद्धान्तहरूको संसार यस्तो बनाउनु भएको छ की जहाँ बेवकूफ मानिसहरूले उच्च, योग्य ईमान्दार व्यक्तिको ज्ञान, वृद्धि र विशेषज्ञतालाई सोझै खारेज गर्दछन । र यी विज्ञ व्यक्तिहरुलाई फटाहामा परिणत गरिदिन्छन । जनतालाई झुठो बोल्न खराब इच्छालाई श्रेय दिन्छन्। अर्को शब्दमा भन्दा ती विद्धान विशेषज्ञहरुलाई जनताका पापी शत्रुहरु भनेर चित्रण गरिन्छ । प्रधान मन्त्रीका षडयन्त्रका सिद्धान्तहरूले बढ्दो प्रचलित गैरकानूनी ,गैर संवैधानिक काम कारवाही तथा धारणालाई प्रतिबिम्बित गर्दछ ।

समाजका सोझा साझा गरिब,अशिक्षित व्यक्ति सहि हुन्छन र शिक्षित, विद्धान विज्ञहरू सधैं गलत हुन्छन भनेर षड्यन्त्र रच्न प्रधान मन्त्री के.पी. ओली लागि पर्नु भएको छ । एक अपराधको षड्यन्त्र प्रधान मन्त्रीले देशमा गरि रहनु भएको छ । जुन कुरालाई जानी नजानीकन हाम्रो राष्ट्र प्रमुख, संवैधानिक अंगका व्यक्तिहरु, सुरक्षा निकाय, देशका उच्च पदमा रहेका कर्मचारीहरु, न्यायलय अनि केही स्वार्थी के.पी. ओली जस्तै नेताहरुले साथ दिई रहेको हुंदा आज देशमा यो संबैधानिक संकटको अवस्था उत्पन्न भएको छ ।

असल, ईमान्दार, विद्धान, विशेषज्ञ मानिस प्रधान मन्त्रीको शत्रु हुन भन्ने बढ्दो धारणा वहामा रहेको छ । केपी शर्मा ओली स्मार्ट मान्छेहरुलाई मन पराउनु हुदैन र उनीहरुलाई विश्वास पनि गर्नु हुदैन । प्रधानमन्त्री नराम्रो षडयन्त्रकारी मानिसहरु संग खुशी हुनुहन्छ । के.पी. ओली यस्तो कल्पनाको संसार निर्माण गर्दै हुनु हुन्छ , जहां बेवकूफ, गलत र बेइमान जहिले पनि सही र इमान्दार छन् भनी भ्रम छरी रहनु भएको छ । यो नै सत्य हो भनी अनौंठो गतिमा स्थापित गर्न सभा, सम्मेलन, भाषण गर्न लागी पर्नु भएको छ ।

धिक्कार छ ! प्रधान मन्त्री के.पी शर्मा ओलीजीलाई । जनताले झण्डै दुई तिहाई मत दिएर विजय गराई प्रधान मन्त्री जस्तो पदमा पुर्याउदा पनि उक्त पदको ईज्जत, गरिमा कायम राख्न नसकी देशको संविधान, कानून र नियमको धज्जी उडाई गरिब जनताले तिरेको करमा मोज मस्ती गरी राजा महाराजा जस्तो वन्ने काम गर्नु भएको पूर्ण रुपमा षडयन्त्रको सिद्धान्तमा आधारित राजनीतिहुँदा समयले तपाईलाई नराम्रोसंग सजाय दिने कुरामा जनता तथा सम्पुर्ण विश्व समुदाय आसावादी भएर हेरी रहेका छन ।

अतः जनताले तपाई प्रधान मन्त्री के.पी शर्मा ओलीलाई देशको विकाश र समृद्धिको लागि अत्यधिक मत दिई बिजयी गराई प्रधान मन्त्री जस्तो गरिमामय पदमा नियुक्त गरी काम गर्ने सुवर्ण मौका प्रदान गरेकोमा सत्ता र शक्तिको मातमा तपाईले आफ्नो विवेक गुमाउंदा अब के.पी.ओलीको राजनीति ब्रेकफेल राजनिती भएको गाडी जस्तो भएको छ ।

दुर्घटना कहाँ र कसरी तथा कत्रो हुन्छ हेर्न केही समय पर्खिनु पर्ला ।

अन्तमा पशुपतिनाथले हामी सवै जनताको कल्याण गरुन !

प्रतिक्रिया