काठमाडौं।पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा निषेध र विभेदको राजनीति शुरु भएकोमा चिन्ता व्यक्त गरेका छन्।
७१ औं प्रजातन्त्र दिवशको अवसरमा ट्विट मार्फत शुभकामना व्यक्त गर्दै पूर्व राजा शाहले जनता र राजाको सहमती बाट नेपाल खडा भएको र यसको अस्तित्वको रक्षा पनि सहमतीबाट मात्रै हुने यथार्थको अवज्ञा नगर्न आग्रह गरेका छन्।
सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र केवल आवधिक निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र नभइ सामाजिक जीवनपद्धतिसमेत भएको बताएका छन्।उनले अब सबैले मातृभूमीको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन्।
नेपालमा प्रजातान्त्रिक विधि अघि बढोस् भन्ने सबैको चाहना भएपनि प्रजातन्त्र स्थापनाको ७० वर्ष पछि पनि प्रजातन्त्रकै विवाद र द्वन्द्व भइरहेको पूर्वराजा शाहको टिप्पणी छ।सन्देशमा पूर्व राजा शाहले प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष उल्लेख गर्दै जनताको आस्था,चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर,बटारेर त्यो मेटिँदैन बटारिन्न भनेको छन्।
प्रतिक्रिया