प्रजातन्त्र दिवस–वृद्धाआश्रम फलफूल वितरण

इनेप्लिज २०७७ फागुन ७ गते २३:०९ मा प्रकाशित

विराटनगर,७ फागुन।प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले ७१ औ प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज फलफूल वितरण गरेको छ।

विराटनगरस्थित विराटेश्वर बृद्धाआश्रम,मानव सेवा आश्रम र महिला जागृती केन्द्रका बृद्धबृद्धालाई फलफूल र विहानको खाना खुवाईएको मन्त्रालयका महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो।

महिला जागृती केन्द्रका आश्रित बृद्धाहरुलाई विहानको खाना र विराटेश्वर बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख बराल लगायतले उक्त सामाग्री प्रदान गर्नु भयो।

प्रतिक्रिया