मुख्यमन्त्री राईको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन

इनेप्लिज २०७७ फागुन ४ गते २२:५४ मा प्रकाशित


विराटनगर।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरुपले मनाउन प्रदेशस्तरीय मूल समारोह समिति आज यहाँ गठन गरिएको छ।

आन्तरिक मामिला तथा कानुुन मन्त्रालयलमा भएको छलफलमा आगामी फागुन ६, ७ र ८ गते तीन दिन दिपावली,सरसफाई,प्रभातफेरी र फलफूल वितरण गरिने निर्णय भएको छ।

मूल समारोह समितिले फागुन ६ गते सरकारी कार्यालय तथा नगरको सरसफाई एवं साँझ दिपावली,७ गते बिहान ७ बजे ट्राफिक चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्म प्रभातफेरी,साँझ दिपावली र ८ गते कोशी अस्पताल,वृद्धआश्रम र अनाथाश्रममा फलफूल वितरण तथा साँझ दिपावली गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ।

सो अवसरमा मुुख्यमन्त्री राईले प्रजातन्त्र दिवसमा सवैलाई सहभागी हुुन आग्रह गर्दै प्रजातन्त्र प्राप्त भएको ऐतिहासिक दिन भएकाले यसको विशेष महत्व रहेको बताउनु भयो।

उहाले विगतमा परम्परागत रुपमा मनाउदै आएको यो दिवस यसपल्ट भव्य र नयाँ ढंङ्गले हर्षोउल्लासका साथ मनाउने जानकारी दिनु भयो।

आन्तरिक मामिला तथा कानुुन मन्त्री हिक्मतकुमार कार्कीले वर्तमान अवस्थामा प्रजातन्त्र दिवसको महत्व वढेर गएको वताउनुु भयो।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले फागुन ७ गते नेपालमा ठुुलो परिवर्तन आएकाले धुमधामका साथ मनाउन सवैसँग आग्रह गर्नु भयो।आन्तरिक तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा २० सदस्यीय समारोह व्यवस्थापन उप समिति समेत गठन गरिएको छ।

प्रतिक्रिया