हाम्रो सरस्वती पूज़ा

इनेप्लिज २०७७ फागुन ४ गते १०:३३ मा प्रकाशित

लेखु लेखु लाग्छ तर कहाबाट कसरी के लेख्ने पत्तो पाइन धेरै घोत्लिए एकोहोरिए मथिंगलको कुना कन्तरा चाहारे लेख्ने मेसो नै पाइन। त्यो दृश्य झल्झली आखा अगाडि नै भए पनि यसलाई अक्षरमा उतार्न भने निकै सारो पर्दोरहेछ। जति नै सारो परे पनि लेखन मन लागेको कुरो कनी कुथी केहि लेख्ने प्रयास गरे।

स्कुलको प्रांगण , हामी हर्षित थियौ फुर्सदिला पनि किनकि पढाई थिएन,कक्षा कोठा सफा गर्नु थियो।बेञ्च डेस्क बाहिर निकालिएको थियो।बसन्त पंचमी नजिकिदै गर्दा पढाईमा भन्दा पूजाको तयारीमा सबै जुटेका थिए शिक्षक देखि बिधार्थी सबै।मुर्ति राख्ने कक्षा कोठा सफागर्ने,लिपपोत गर्ने काम बाडफाड गरिएको थियो केटाहरुले बेञ्च डेस्क सार्नु पर्थ्यो भने केटीहरुले नजिकै गाउबाट ल्याएको गोबरले कोठा लिप्नु पर्थ्यो।पानी ल्याउने जिम्मा केटाहरु कै थियो।गोबर र माटो थुपारिएको थुप्रोमा बिचमा खाल्डो बनाएर एक बाल्टी पानी हालिन्थ्यो र बिस्तारै माटो गोबर र पानी मिसाएर बर्नी (एक प्रकारको दरो कुचो) को सहाराले लिप्ने काम हुन्थ्यो छेउ कुना कतै मिलेन भने हातले मिलाउथे।त्यो जिम्मा केटीहरुको हुन्थ्यो।हाम्रो त केटीहरुलाई सहयोग गर्ने हुन्थ्यो।अफिस बाहिर एउटा टेबल र कुर्सि राखिएको थियोत्यस्मा एउटा रजिस्टर र एक छेउमा निमन्त्रणापत्र पनि हामी सबैलाई पालै पालो एउटा अभिभावकको नाम एउटा निमन्त्रणा पत्रमा लेख्न लगाइयो| सबैले एउटा एउटा निमन्त्रणा पत्र लेखे सबैको पालो सकिए पछि एक जनालाई सबै निमन्त्रणा पत्र लेख्न लगाइयो ।पछि पो हामीलाई थाहा भयो कसको अक्षर राम्रा छन् भनेर जाचेका रहेछन।एक जनाले मात्र कुर्सीमा बस्न पायो।त्यसबेला कुर्सीमा बस्न पाइदैन थियो।शिक्षक मात्र बस्थे। बसेमा कसैले कुरा लाइ दिन्थ्यो र कुटाइ खानु पर्थ्यो।हामीलाई विभिन्न टोली बनाएर तेसै अनुसार खटाइयो।कुनै टोली स्कुलको चौरी सफा गर्ने छरिएका कागज ,काठका टुक्रा पलाष्टि टिप्ने र एक ठाउमा भेला पारेर जलाउने ,कसैले गेट बनाउने ,कसैले गेट र सरस्वतीको मुर्ति सजाउने अशोकको डाली लिन जाने अशोकको रुख सधै हरियो हुने भएकोले अशोकको रुखले सजाउने काम गरिन्थ्यो र अझै पनि गरिन्छ।केराको बोट ल्याउने गेट बनाउन कोही बास काट्न जाने यसै गरी विभिन्न काम बाडिन्थे।कसैले रंगिन कागज काटेर झन्डा बनाउथे कोही कागज काटेर फुल र पर्दाहरु बनाउथे।

बासको टुप्पोमा माइक राखेर गीतहरु बजिरहेका हुन्थे।एउटा कोठामा छेउमा परल ओछ्याएर तेसैको छेउमा केहि लुगाहरु राखिन्थे त्यो सुत्नको लागि व्यवस्था गरिएको हुन्थ्यो।पल्लो छेउमा खनेर इट्टा राखेर बनाइएका ठुला ठुला चुला हुन्थे तिनै चुलामा कालीगढ़ले बुनिया बनाउथे। हामी छेउमा बसेर बुनिया तार्न सघाउन पाउदा मख्ख हुन्थेउ।कति साथीले त कागजका टपरामा थालमा बुनिया लुकाउथे कालीगढसंग मिलेर र भोलि पर्सि पल्ट खान्थे।पर गाउमा गएर ल्याएको असोकको डाली भाच्दै गेट सजाउनु पर्थ्यो।हुस्सु लागेको दिनहरुमा जिउ भरि प्रसस्त लुगा नहुदा सिउ सिउ गर्दै अलि कति हर्ष अलिकति कष्ट लिएर खटिन्थ्यो। पुराना भाचिएका बेन्चका टुक्रा टाक्री पुराना कागजहरु भेला पारेर आगो बालेर तापिन्थ्यो।सर हरु पनि ताप्थे। हात सेकाउदै काम गर्दै गर्नु पर्थ्यो |सरले एक दुइ जना बिधार्थी लिएर पुजाको अघिल्लो दिन मुर्ति लिन जान्थे। स्कुलमै बसेकाहरु कतिखेर मुर्ति आउछ र हेरौला भनेर कुरी रहन्थे तर मुर्ति रातो कपडाले छोपेर ल्याउथे सबै जन हिस्स हुन्थे।मुर्ति हेर्न भोलि पल्ट नै कुर्नु पर्थ्यो।कुन स्कुलको मुर्ति राम्रो कति ठुलो भन्ने कौतुहलता सबैका मनमा हुन्थ्यो।मुर्ति लिन गएका साथीसंग मुर्तिको बारेमा सोध्थे उनीहरु पनि हौसेर बताउथे। पूजाको अघिल्लो दिन हामी आफ्नो कपडा र राम्रो च्यादर या ओढ्ने अरु कुनै बर्को लिएर स्कुलमा बास बस्ने गरि जन्थेउ।राती अबेर सम्म कलिगढ़संग बुनिया बनाउदै खादै नाच्दै बिताउथेउ त्यो क्षण सारै रमाइलो हुन्थ्यो। भोलि पल्ट सबेरै उठेर घर जानु पर्थ्यो र नुहाएर फेरी स्कुल नै आउनु पर्थ्यो। दिउसो सम्म सबै बिधार्थी अविभावक स्कुल आइ सक्थे। हामी तिनीहरु भन्दा पहिले नै स्कुल पुग्नु पर्थ्यो। किनकि कसैको पालो मन्दिर कुर्ने कसैको पालो टिका लागाई दिने कसैको पालो प्रसाद बाड्ने कसैको पालो लाइन लगाउने हुन्थ्यो।जो जो अघिल्लो रात बसेको छ तिनीहरुको जिम्मामा धेरै कुरा हुन्थ्यो तेसैले त तिनीहरुले अलि बढी बुनिया खान पाउथे। सबैलाई पालै पालो पूजा गर्न दर्शन गर्न पालो मिलाउनु पर्थ्यो।बिचमा ठुलो बसको लिङ्गो गदिन्थ्यो र तेसैको टुप्पोमा डोरीमा राता ,पहेला, निला ,हरिया, बैजनी, सेता रंगका कागजका झन्डाहरु पकाएको आटाले टासिन्थ्यो र स्कुल नै आकर्षक देखिन्थ्यो। सबैले एक नजर नलगाई बाटो काट्दैन थिए। सरस्वती सेतो सारी लगाएकी दुइटा हातले विणा बजाउदै गरेकी अर्को हातमा पुस्तक एउटा र अर्को हातमा माला जप्दै गरेकी चिटिक्क परेकी शिरमा मुकुट लगाएकी राम्री देवीलाई सबैले परैबाट पूजा आराधना गर्थे। पूजा पछि प्रसाद लिन्थे। एक जनाले प्रसाद दिन बसेको हुन्थ्यो। बाल्टीमा दुग्ध, केरा ,सख्खर (गुड) स्वाउ, सुन्तला भिजाएको चामल पानी हालेर बनाएको प्रसाद हात हातमा दिनु पर्थ्यो तेसरी दिदा कतिको हातबाट प्रसादमा रहेको पानी चुहिन्थ्यो। हातै हालेर दिएको हुनाले अलि घिन लाग्थ्यो तर प्रसादलाइ घिन मान्नु हुन्न भन्ने मान्याता जो थियो। तेसैले तेस्तो मनमा आए पनि तेसै दबाएर राखिन्थ्यो। प्रसाद लिई सके पछि लहरै राखेको बेन्चमा बसेर बुनिया खान पाइन्थ्यो। बुनिया खाइ सके पछि। हप्ता दिन अघि तयार परेको मन्चमा नाटक , नाचगान प्रहसन हुन्थ्यो। विधार्थीलाई रिहाल्सल गराएर नाटक ,नाचगान गराइन्थ्यो । नाटक सकिए पछि कति साथी स्कुल मै बस्नु पर्थ्यो। सबै व्यवस्थापन गर्नु पर्थ्यो।

भोलि पल्ट मुर्ति सेलाउन नजिकैको पोखरीमा जानु पर्थ्यो। मुर्ति सेलाउन सबै जसो बिद्यार्थी आउथे।चार जाना जतिले मुर्ति काधमा बोकेर अघि लाग्थे अरु पछि पछि अबिर जात्रा गर्दै जय जयकार गर्दै जान्थे। पोखरीको छेउमा मुर्ति राखेर पूजा आराधना गरिन्थ्यो।अलि ठुलाले पाइन्ट माथि सरेर पोखरीमा पस्थे र मुर्तिलाई बिस्तारै पानीमा तैराउथे सबै जना झन जोड जोडले सरस्वती माताकी जय भनेर जयकार गर्थे। एकछिन होली आए झैँ हुन्थ्यो एक अर्काले रंग दलादल गर्थे। फर्किएर स्कुल आएसी फेरी बुनिया खान पाइन्थ्यो।यसरी पटक पटक बुनिया खान पाउदा मनै हर्षित हुन्थ्यो।अनि रमाई रमाई खटिन्थ्यो। सबैकुरा त लेख्न सकिदो रहेनछ। बालापनमा सरस्वती पूजाको बेग्लै अमिट छाप जुन न उतारेर उतारिन्छ न हटाएर हट्छ। मुर्ति एक अस्थाकी केन्द्र रहेछिन साचो त साधना असली पूजा रहेछ। तर पनि ज्ञानकी देबी भनेर पुजिने सरस्वती देबिले सबैलाई ज्ञान बुद्धी विवेक दिउन सबैको कल्याण गरुन। र साधना गर्न अर्हाई रहुन। नेपालको पुर्बी तराइमा गरिने सरस्वती पूजाको एक झल्को हो यो।

प्रतिक्रिया