ह्यारी र मेघनको दोश्रो बच्चा हुने

इनेप्लिज २०७७ फागुन २ गते २१:३३ मा प्रकाशित

राजकुमार ह्यारी र मेघनको दोश्रो सन्तान हुने भएको छ । मेघन गर्भवती भएको र दोश्रो बच्चाकी आमा हुने भएको जानकारी ड्युक तथा डचेस अफ ससेक्सका प्रवक्ताले आइतबार जानकारी दिएका छन् ।

प्रवक्ताले आर्ची ठूलो दाजु हुन् गइ रहेको निश्चित गरेका छन । दोश्रो सन्तान हुने भएकोमा दुवै जना ज्यादै खुशी भएको उनले जनाएका छन् । उनीहरुको पहिलो सन्तान १९ महिनाको भएका छन् । आगामी मे महिनामा आर्ची २ बर्ष पुग्नेछन ।

उनको पुरा नाम आर्ची ह्यारिसन माउन्टबाटेन -विन्डसोर हो । उनीहरुले प्रथम बच्चाको अत्यन्तै गोपनियता राख्न चाहन्थे । जोडीले गत बर्ष नोभेम्बरमा मेघनको बच्चा ग्रीष्म ऋतुमा गर्भपात भएको घोषणा गरेका थिए ।

श्रोत :सिएनएन ,तस्बिर :सामाजिक संजाल-इन्स्टाग्राम

प्रतिक्रिया