कल्पनाको सागरभित्र पसेपछि अनेकौ देख्छन सपनाहरु

डिग बहादुर तामाङ्ग २०७७ फागुन २ गते १९:१५ मा प्रकाशित

मानिसलाई कल्पनाले छिनभरमा तिनलोक चौथो भूवनमा पुर्याएपछि के के सोच आउँछ भनेर साध्य नै छैन । तर कसैको कल्पनालाई साकार पार्न संघर्षशिल भएर उद्यमसिल जीवन गरेर सफल पाउछन् भने कसैलाई सपनामा खिर खाएर ब्युझे झैँ जस्तो हुदोहो । सायद यसैले कृष्णले अर्जुनलाई भनेको होला “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचना । मा फर्मफलहेतुर्भूर्मा ते सङगोअस्त्वकर्मणि” भगवात गीताको २(४७ अथवा अध्यय दुई सत्चालिस श्लोकमा उल्लेख भएको छ ।

काम गर फलको आशा कहिले नगर भनेको हो श्रीकृष्णले अर्जुनलाई । यस लोकमा कति अर्जूनहरु जन्मे मरे तर गीताको अर्जुन जस्ता कसैले पनि देख्न पाएनन । म कालेलाई झाले बन्न मन लाग्यो, त्यस पछि झयालमा बसेर सुई गरेर मिचाहरुलाई जिस्क्याउन मन लाग्यो तर यो सम्भव कसरी सफल होला ? गाउँघरमा पाक्ने मकैकटा ढिँडो र गुन्द्रुक हप्तामा एक कचौरा मोहि बाहेक केहि नपाउने । थोत्रा लुगाहरुलाई खडकुला पानी उमोलेर खरनी हाले झण्डै एक घण्टा जति उसिने पछि सारा जुम्रालीखालाई परमधाम पठाएपछि पँधेरोमा लगेर धुवायो ।

तिनपाथी कोदोको पिठो,चारमाना मस्याङको दाल, एक चौथाई घिउ, नून खोर्सानी अलिकति फिलेङगेको अचार हालेर ढाकर बोकेर नेपालतिर लागेँ । नेपाल आउन पनि त्यति सजिलो कहाँ थियो र ? रामेछाप, दुम्जा, रोशीखोला दाप्चा, बनेपा, भादगाँउ, मनोरा, भुँइमल, ठिमी, भएर हिँडेको सातदिन पछि नेपालको डिल्लीबजारमा एउटा मासुको ब्यापारी शाही साउको परालको छानो, काँचो ईटको गाह्रो भएको घरको छिँटीमा महिनाको मोहरु तीन तिरेर डेरा पाउने भएपछि, मलाई गर्वले मेरो नाकको उच्चाई बडेको जस्तो अनुभव भयो ।

यसो नाकको डाँडितिर हात राखेर छामेको के थियो उताबाट एउटी नरुनीको स्वरमा “हिसीमरु मनु” कस्तो लाज नभएको मान्छे भनेर उनि भित्र गइन मैले त्यति ध्यान दिने कुरै भएन । कहाँकी उनि मासु बेच्ने साही साउकी छोरी म गाँउबाट भरखर नेपाल देख्ने मान्छे । नेपालमा बसेर बाँच्न त्यति सजिलो कहाँ थियो र ? राती त्यहि आफुसंग ल्याएको बासीमकै चपाएर सुते । गजबको सपना देखेछु ।

यस्तो सपना देखेँ छु, सारा नेपालमा आएका अंग्रेजहरुसंग फरर अंग्रेजी बोलेर मख्ख पाररे एनजीओ खोल्ने लाखौं पैसा कमाउने । त्यसपछि पार्टीका नेताहरुलाई नुनतेल, मसाला,दालचामल खरिद गरि दिने,पार्टी चलाउन मसल्दाहरु खरिद गरि दिने,आफूलाई राम्रो गाडि र घर खरिद गरेर त्यहि मासु बेच्न साहिलाई बनाउने सासु, ठूलोपार्टीलाई सातआठ करोडको दक्षिण चढाँउने ।

त्यसपछि कुनै ठूलादेशको राजदूत पटकाउने, आफनो सालो बाउचालाई, आमापट्टिका मामालाई काकापट्टिकी बहिनीलाई अरु आसेपासेहरुलाई एक एक करोड दाम लिएपछि आफनो सातकरोड फच्छे भएर पच्चे भएपछि, दूतावास मर्मत सम्भार गर्न परराष्ट्रालाई पत्र लेख्ने । चारपाँच लाख डलर आएपछि एउटै ढोकालाई झिक्दै रंगलाएर नयाँ पार्ने, पन्ध्रढोका भै हाल्छ । त्यसको पचहत्तर हजार डलरको बिल बनाउने । यसरी चारलाख डलर हात पार्ने,अर्कोसाल कार्यालय सार्ने, पोहोरसाल मर्मत गरेको घरलाई कार्यालय बनाउने, कार्यालयलाई घरबनाउने पुन चारपाँच लाख डलर कुम्ल्याउने ।

आफुले पहिले पालेको नेताहरु प्रधान मन्त्री भएपछि, दूतावासको लागि गतिला घरको आवश्यक परेको व्यहोरा बिन्ती गर्ने, नव्वे लाख डलर स्वीकृति भएर आएपछि, देखाउने कागजमा नब्बेलाख दिने उसलाई पचास लाख । झण्डै चालिस लाख आफनो गोजीमा हाल्ने, आफना भान्जभान्जीहरुलाई सल्लाहकार बनाएर, महिनाको चारहजार डलर खुवाउने अनि आफू र मैचालाई लिएर ठाँटसंग पुन नेपाल फर्किने । फाईदा फाईदा भएपछि आगामी दिनहरुमा मेरो हैसियत नेपालको सबैभन्दा मथिल्लो पदमा बिराजमान भएर ईतिहासमा नाम लेखाँउने ।

आफनो उप प्रमुखलाई राजदूत बनाई दिन्छु भनेर, आसा देखाउने र उनलाई तिमीले यो विदेशीभाषा बोलि रहन पर्दैन बरु पालेको काम गर भनेर चारवाटा क्यामेराहरुलाई दिनरात हेरेर यी तलाका कर्मचारीहरु कतिपटक खोक्छन, अतिपटक चर्पीखाना जान्छन, निगरानी गर्न अहराएपछि, अंग्रेजी बोल्न पनि परेन लेख्न त जानेकै थिएन, केको लेखि रहनु । अर्क तेस्रोव्यक्तिलाई तिम्रो काम भनेको हामीहरुलाई जिउगर्ने, अरुको विषयमा नराम्रा कुराहरुको बुँदागत गरेर हामीलाई हरेक दिन ब्रिफिङ गर्ने । बरु तिमीहरुका स्वास्नीहरुलाई काम खोजि दिँउला एउटा गाडी एउटा ड्राइभरको दरबन्दी थपेर दिए पछि के खोज्छौ तिमीहरुकी स्वास्नीले कमाउने भएपछि तिमीहरुको पनि मालामाल भै हाल्छ के खोज्छौ । हरेका व्यक्तिलाई गाडि दिएपछि मैले खाएकोलाई नदेखेको जस्तो गरि बस भने पछि के चाहियो ?

मैले आएको दिनदेखि मेराघरमा सधै पार्टी हुन्छ । हप्तामा सात आठ हजारको खाद्यान्न मासु नून तेल मसाला खरिदको बिल भपाईलाई औपचारिक भतेर भनेर हो भनेर त्यसको लागि खर्च भएको भनेर रामे श्यामे, डल्लेहरुको नाम हालेर गेष्ट लिष्ट तयार गरेर लेखाउँने, तपसीलमा म सही गरि दिउँला हुन्न ।

होइन हजुर यो थाहा पाएपछि बेरुजु हुन्छ । हजुरले भने केको डराउनु पर्छ र तिमिहरु म महालेखक परिक्षाको विभागका मानिहरुलाई मैले नै टिकट दिएर यहाँ झिकाउँछु तिनीहरुले जाँचेर गएपछि सबैकामदाम फच्चे भै हाल्छ ।

धेरै त्यहाँका पहिलेका बहुमुल्य सामानहरु मैचालाई ओसार पसार गराउने भनेर सबैभन्दा राम्रो दुत बनेर एकपटक पनि बिदेश बिभागका पदाकारीहरुलाई बोलाएर डिनर सम्म नगरे पनि नेपाली राजनीति गर्ने विदेशमा बस्नेहरुलाई आलु तारेर, मुलाको अचारसंग सेलरोटी ख्वाएकै छु क्यारे ।

नेपालबाट आउनेहरुलाई यहाँका साल्मोन भन्ने माछा र काजु बदाम ख्वाएर जाने बेलामा एउटा एउटा काल्चाको घ्याम्पो थमाएर पठाए पछि मलाई कस्ले के भन्ने । झण्डै दोब्बर समय बिताएर प्रथम कक्षको बिमानको सिटमा बसेर मैचा र म फर्के र त्रिभुवन बिमान स्थलमा ओर्लन बित्तिकै ठूलो आवाजले काले चोर देश छोट भनेर नारा गुन्जयमान भएको रहेछ ।

मलाई लिन परराष्ट्र्का गाडि पनि थिएन यसो ट्याक्सीतिर लम्केको मात्रै के थियो । ओ स्याँईचा गन उन हाँ ? त्यो पाखे कता गयो भन्ने आवाजले मेरो निद्रा खुल्यो । यसो हेरेको त घामको किरण पिपलको बोट माथि आई सेकको रहेछ । धारातिर पानी भर्न धेरै महिलाहरुलाई देखे । उठेर गएर एक पाउ हलुवा एक कम चिया पचास पैसा तिरेर पिए र ज्यामीकामको खोचि तिर लागे डिल्ली बजारबाट बाघ बजारको बाटो हुँदै घण्टाघरको आवाज सुनेर सुनधारामा गएर नुहाएर डेरामा फर्केर दोस्रो दिन बिताइयो । कल्पानिक कल्पना हो कसैसंग मेल खाएमा संयोग मात्रै हुने छ ।

डिग बहादुर तामाङ्ग

प्रतिक्रिया