नेताहरूले मुलुकलाई सहि निकास दिन सकेनन।अब पनि सेनाहरु चुप किन ? मुलुकमा पुष्पकमल दाहाल,माधवकुमार नेपाल,झलनाथ खनाल पक्ष र के.पी.ओली शर्मा पक्ष (सरकार पक्ष) बीच आम सभा गर्ने चटारो, जुहारी, होडबाजी र प्रतिस्पर्धा चलेको छ।सत्ता लिप्सा र सुविधा सम्पन्न जीवन यापन गर्नका लागी र आ आफ्नो स्वार्थका लागि मुलुकमा पुनः अनावश्यक रूपमा निम्त्याएको द्वन्द्व हो के.पी. शर्मा ओली पक्ष सत्ता छोडन तैयार छैन।पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष सत्तामा जान आतुर छन मुलुकमा उपलब्धि दुवै पक्षबाट हुने छैन किनकि यिनिहरु दुवै पक्ष संग दुरदृष्टी सोच र भिजन छैन नेपाली नागरिकहरुले यी सबै कुराहरू बुझेको खोइ ?
नेताहरूले मुलुकलाई सहि निकास दिन सकेनन।सेनाहरु चुप किन ? विक्रम सम्वत २०७७ साल माघ २२ गते माधवकुमार नेपाल,झलनाथ खनाल र पुष्प कमल दाहाल पक्षका नेताहरूले नेपाल बन्द घोषणा गरेको थियो । नेपाल बन्दको क्रममा एक पक्षले नेपाल बन्द अर्को पक्षले नेपाल खुल्ला छ भन्ने गरेको पाइयो कयौं ठाउँमा यस विषयमा मुडभेट र भिडन्त पनि भयो ।अब यस्ता घटनाहरुले निरन्तरता पाउने देखिन्छ।मुलुकमा अब यसपछि के के हुनेछ शायद दैवलाई नै थाहा होला।म भन्छु सेनाहरु चुप किन ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
प्रतिक्रिया