म संग दुरदृष्टी सोच छ।सेनाहरु चुप किन ?

इनेप्लिज २०७७ माघ २१ गते ०:११ मा प्रकाशित

हाम्रो मुलुकको सेनाहरु चुप किन ? २०७७ साल माघ १९ गते सोमबारको दिन म्यानमार मा सेनाहरुले `कु´ गरेको छ । यस अघाडी माली मुलुकमा पनि सेनाहरुले `कु´ गरेको थियो । हाम्रो मुलुकको सेनाहरुलाई थाहा नै होला ।

मुलुकमा राजनीतिक दलका नेताहरूले निकास नदिए पछि सेनाहरुले सैनिक `कु´ नगरे कसले गर्छ ?

राजनीतिक दलहरुका भक्तहरु र कार्यकर्ताहरुलाई मेरो प्रश्न के छ भने तपाइँहरुका नेताहरू बाट दुई तिहाईको संसद भंग भएको छ यसभन्दा पहिले पनि तपाईंहरुको नेताहरू बाट नै संसद भंग भएको थियो।तपाईंहरुका नेता पुष्प कमल दाहालले आवेशमा आएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। तपाईंहरुका नेताहरूले मुलुकलाई निकास नदिने अनिर्णयको बन्दी बनाउने सत्ता लिप्साको स्वार्थ र सुविधाहरू उपभोग गर्न र लिन मात्र जानेका छन ।प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा झुठो खेती गरेका छन।दुई तिहाइको सरकारले मुलुक चलाउन सक्दैन भने अब के आशा गर्नुहुन्छ ? नेताहरूले रमिता देखाए। यसकारण दोषी र जिम्मेवार नेताहरू छन।

राजनीतिक दलहरूका भक्तहरू र कार्यकर्ताहरुले अब आफ्नै नेताहरू विरुद्ध आन्दोलन गरे मात्र हो।सेनाहरुले `कु´ गरे भने अब पनि आन्दोलन गर्नुहुन्छ ? कसको निम्ति आन्दोलन गर्नुहुन्छ ? अब गरेको आन्दोलनको उद्देश्य र नारा के ? सेनाहरुले गर्दा लुटन पाइएन, मनपरि गर्न पाइएन भनेर आन्दोलन गर्नुहुन्छ ? सेनाहरुले गर्दा प्रजातन्त्र हनन र मौलिक हक अधिकार हनन भयो भनेर आन्दोलन गर्नुहुन्छ ? अब आन्दोलनको कुनै ओचित्य छैन ।

मुलुकमा नेताहरू बाट प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाइएको छ । नेताहरूबाट मुलुकले निकास पाएको छैन।यसकारण हाम्रो मुलुकमा पनि तत्काल सैनिक शासनको आवश्यकता छ।प्रजातान्त्रिक ढंग बाट मुलुक कसरी चलाउनुपर्ने हो म संग दुरदृष्टी सोचहरु छ।प्रजातान्त्रिक ढंगबाट मुलुक चलाउन सेनाहरुलाई सुझाव र सल्लाह पाउनु हुनेछ भन्ने समेत अवगत गराउन चाहान्छु।

स्वतन्त्र नेपाली नागरिक: शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया