इटहरी उपमहानगरमा अपाङगताका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

इनेप्लिज २०७७ माघ १९ गते २३:०० मा प्रकाशित

विराटनगर,

इटहरी उपमहानगरपालिकाले अपाङ्ग व्यक्तिहरुका लागि आजदेखि शुरु गरेको ‘आफनो घर आँगनमै स्वास्थ्य परीक्षण’बाट अपाङ्गता भएका ब्यक्तिहरु हर्षित एवं उत्साहित भएका छन।

उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निःशूल्क स्वास्थ्य शिविरको आज पहिलो दिन वडा नं २ का ७८ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविरको उद्घाटन गर्नु भएको शिविरमा वडाध्यक्ष हर्क मगर र करुणा फाउण्डेसनकी सुनसरी संयोजक सगुन गुरुडले स्वास्थ्य शिविरका वारेमा सम्वन्धमा जानकारी दिनु भएको थियो।

शिविरमा डा गुञ्जन त्रिताल,डा उपासना पोखरेल,अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नु भएको थियो।

अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ। उपमहानगरले यही माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएकाहरुका लागि निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो।

प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालय,उपमहानगर र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ।

माघ १९ गते वडा नम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्वर ५,७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४,६ र ९ का लागि इटहरी अस्पतालमा स्वास्थ्य शिविर हुने छ।

यसैगरि माघ २२ गते वडा नम्वर १०,११ र १२ का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर रहेको भएको छ।

यसैगरी माघ २५ गते वडा नम्वर १७ र १८ को पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १,१९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ।

शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिनुभयो।

हाडजोर्नीको शल्यक्रिया र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने उहाँले बताउनु भयो।

यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ।निःशुल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र वालवालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ।

प्रतिक्रिया