द्वितीय बिश्वयुद्धका एक सय बर्षिय बेलायती पूर्व सैनिक कोरोना लागे पछि अस्पताल भर्ना

इनेप्लिज २०७७ माघ १८ गते २३:३७ मा प्रकाशित

द्वितीय बिश्वयुद्धमा युद्धमा होमिएका एक सय बर्षिय बेलायती पूर्व सैनिक टम मुर कोरोना लागे पछि अस्पताल भर्ना भएका छन् । उनले गत एप्रिल महिला १०० बर्ष पुगेको मा १०० सय पाइला हिड्दै बेलायती राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस)लाई ४५ मिलियन डलर कोष वृद्धि गरेका थिए ।

उनले आफ्नै बगैचामा हिडेर त्यत्रो धनराशी सङ्कलन गरि दिएका थिए भने आइतबार उनि कोभिड-१९ को कारण भर्ना गरिएको उनकी सुपुत्रीले जनाएकी छिन ।

मुर जसलाई क्याप्टेन टम भनिन्छ । केही हप्ता अगाडी उनलाई न्युमोनियाको उपचार गरिएको थियो । अर गत हप्ता उनलाई कोरोनाको परीक्षण गराउदा संक्रमण भएको परिणाम आएको थियो ।

उनकी छोरी हन्नाह इन ग्राम मुरले सामाजिक संजाल(ट्वीटर)मा पितालाई बेडफोर्ड अस्पतालमा श्वास प्रश्वासको लागि अतिरिक्त सहायताको लागि भर्ना गरिएको उल्लेख गरेकी छिन

तर उनले संघन कक्षमा हैन है भनि समेत जानकारी दिएकी छिन ।

“उनले गत केही हप्तामा प्राप्त गरेको स्वास्थ्य सेवा उल्लेखनीय छ र हामीलाई थाहा छ कि बेडफोर्ड अस्पतालका अद्भुत स्वस्थाकर्मीले उनीहरुलाई सहज बनाउन यथासक्दो चाँडो गर्नेछन् र आशा छ कि जति सक्दो चाँडो घर फर्कन सक्नु हुनेछ ” उनले ट्विटरमा लेखिन्।

श्रोत :युपीआई

प्रतिक्रिया