रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका पत्नीलाई जुलुसमा सहभागी भएकोमा पक्राउ

इनेप्लिज २०७७ माघ १८ गते १३:४५ मा प्रकाशित

विपक्षी नेता अलेक्सी नाभाल्नीकी श्रीमतीलाई आइतवार मस्कोमा पक्राउ गरिएको छ । नाभाल्नी टोलीका अनुसार उनी आफ्नो पतिको नाममा देशभर आयोजना भएको बिरोध जुलुसमा प्रदर्शनकारीहरूसंग सहभागी हुँदा उनलाई पक्राउ गरिएको हो ।

थुनामा परेका एलेक्सी नाभाल्नीका पत्नीले सामाजिक संजालमा उनको रिहाको लागि माग गरेकी थिइन् । एक स्वतन्त्र वेवसाइट( संजालस्थल)ओभिडि-इन्फोका अनुसार हाल सम्म करिव २ हजार २ सय ९१ जनालाई थुनामा रुस भरि राखिएको जनाएको छ । जस मध्ये ५२० जना मस्कोबाट र २४२ जना सेन्ट पिटर्सबर्गमा पक्राउ गरिएको थियो । कुल संख्या बढ्ने आशा गरिएको छ।

दुई हप्ता देखि हिरासतमा रहेका नाभाल्नीका समर्थकहरूले देशका कम्तिमा १२० शहरहरूमा विरोध प्रदर्शन गर्ने योजना गरिरहेका थिए, जुन प्रत्येक स्थानमा दिउँसो स्थानीय समयदेखि सुरु गरिन्छ ।

सिएनएनको टोलीका अनुसार मस्कोका प्रदर्शनकारीहरूले मात्रोसकाया टिशिना हिरासत केन्द्रमा जुलुस अगाडी बढ्ने योजना बनाएका थिए जहाँ नभाल्नीलाई हिरासतमा राखिएको छ। स्थानीय अधिकारीहरूले एक पछि अर्को रेलमार्ग बन्द गरेका छन् ।

बिपक्षी नेताका पत्नीलाई हिरासतमा राख्नु पहिले सामाजिक संजाल इन्स्टाग्राममा एउटा तस्विर प्रकाशित गरेकी थिइन् जुन उनले त्यस क्षेत्रमा प्रदर्शनमा भाग लिइरहेको देखाइएको थियो।

“आज यो सोकोल्निकीमा बृहत हो !” नाभालनायाले शीर्षकमा उक्त कुरा उल्लेख गरेकी थिइन् । उनले एउटा तस्बिर राख्दै जसमा उनले हात उठाउदै पछाडी मानिसहरुको जुलुस प्रदर्शन देखाएकी थिइन् ।

भ्रष्टाचार बिरोधि फाउण्डेशन (एफबीके) का कानूनी विभागका प्रमुख व्याचेस्लाव गिमाडीका अनुसार नाभालनायालाई आफ्नो परिचय नदिई र हिरासतको कुनै कारण नदेखाई उनलाई प्रहरीहरुले प्रकाउ गरेका थिए ।

नाभाल्नीलाई जनवरी १७ मा पक्राउ गरिएको थियो। उनि केही महिना पछि जर्मनीमा उपचार गरि फर्कने क्रममा उनलाई मस्कोमा प्रकाउ गरिएको थियो ।

श्रोत :सिएनएन

प्रतिक्रिया