विराटनगर,
नेपाल कम्यूनिस्ट पार्टी प्रचण्ड– माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि दल सडकमा उत्रेको बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गदै उहाँले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्ने प्रष्ट पार्नु भयो।पूर्व प्रधानमन्त्री समेत रहनु भएको नेता खनालले अहिलेको अवस्थामा निर्वाचनमा जानु भनेको गलत कार्यलाई सही हो भनी ठप्पा लगाउने कार्य भएको बताउनु भयो।
उहाँले संविधान वमोजिम संसद पुनःस्र्थापना अनिवार्य रहेकोले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखि सडक सघर्षका कार्यक्रम जारी रहेको धारणा व्यक्त गर्नु भयो ।एक प्रश्नको जवाफमा उहाँले निर्वाचन आयोगले निर्वाचन सम्वन्धी आफ्ना कार्यक्रम गदै जाने होे,त्यो नै अन्तिम नभएको बताउनु भयो।
नेता खनालले पार्टी भित्र आफ्नो समूहको दुई तिहाई वहुमत रहेकोले निर्वाचन आयोगले यसलाई आधिकारीकता दिने दावी गर्नु भयो।वरिष्ठ नेता खनालले प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि लोकतन्त्र प्रति आस्थावान सवै दलहरु एक हुने विश्वास व्यक्त गर्नु भयो।
प्रतिक्रिया