राष्ट्रवादी भएको कारण नै राजा ज्ञानेन्द्र शाह सत्ताबाट बहिर्गमन हुनुपर्ने अवस्था आएको भन्ने कुरा मैले बारम्बार भनी रहेको छु ।
श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह वंश मारिए किन ? मदन भण्डारी र जीवराज आस्रित मारिए किन ? यी सबै घटनाक्रम हरुलाई राजा ज्ञानेन्द्र शाहले नजीकबाट नियालेर मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो । राजनीतिक दलहरूका नेताहरूले मुलुकसंग विश्वासघात र मुलुकको अहितमा काम भएको छ विश्वासघात गर्नेहरुको पछि नै नागरिकहरु लागेका छन । ताली दुई हातले बज्छ एक हातले बज्दैन भन्ने कुरा सबैलाई थाहा छ यसकारण राजा ज्ञानेन्द्र शाह परिवार मात्र राष्ट्रवादी भएर संभव छ ?
एक्काइसौं शताब्दीमा राजा ज्ञानेन्द्र शाहले श्री ५ महेन्द्र शाहको जस्तो सोच लिएको कारण नै सत्ता छोडनुपर्ने परिस्थिति बनेको हो । अब राजा ज्ञानेन्द्र शाहले दीर्घकाल सम्म आफ्नो नाति हृदयेन्द्र शाहलाई सत्तामा टिकाउन भावी रणनीति बनाएर अघि बढनुपर्ने आवश्यकता छ ।
के.पी.शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल आदि आदि जस्ता नेताहरूलाई सत्ता कति प्यारो हुँदोरहेछ भन्ने कुरा नेपाली नागरिकहरुले बुझे कि बुझेनन ? यदि नेपाली नागरिकहरुले नबुझेको भए वास्तविक रूपमा नै नेपाली नागरिकहरु अबुझ हुन ।
सत्ताको स्वार्थ, सत्ता प्यारो र सत्तामा टिकिरहन के.पी. शर्मा ओलीले संसद भंग गर्न सम्म पछि परेनन । सत्तामा जानको लागि २०७७ साल माघ ०९ गते पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले काठमाडौमा शक्ति प्रदर्शन गरे ।
सत्तामा जानको लागी नै पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूलाई के गरौं र कसो गरौं छटपटी भएको छ । के.पी. शर्मा ओलीले गर्दा भोक प्यास र रातको निन्द्रा समेत हराएको छ । हुन त सत्तामा भएको मजा नै बेग्लै छ । रातदिन सेनाहरु, प्रहरीहरु र सशस्त्र प्रहरीहरुले सलाम ठोकिरहन्छन जताततै ४०/५० जनाको सुरक्षा गार्ड लिएर हिंडन पाइन्छ, सुविधा सम्पन्न गाडीहरूमा साइलेन्सर बजाएर हिंडन पाइन्छ, मान सम्मान पाइन्छ, राज्यको खर्चमा नै प्लेनमा विभिन्न ठाउँहरुमा भ्रमण गर्न पाइन्छ र सुख सुविधा र बिलासिता जीवनको उपभोग र आनन्द लिन पाइन्छ यसलाई कसले बिर्सन सक्नु ?
राजा ज्ञानेन्द्र शाहले मुलुकको हितमा अडान लिइ राष्ट्रवादी बने तर ज्ञानेन्द्र शाहले सत्ताको मोह र लोभलालच नगरी सत्ता त्याग गर्न पछि परेनन । मुलुकलाई राजा ज्ञानेन्द्र शाहको कति खाँचो र महत्त्व छ भन्ने कुरा नेपाली नागरिकहरुले मुल्यांकन गर्न सकेनन ।
प्रायःजसो नेपाली नागरिकहरु अवसरवादी र ताक परे तिवारी नत्र गोतामे छन यसकारण राजा ज्ञानेन्द्र शाहलाई मेरो सुझाव र सल्लाह के छ भने अब राष्ट्रवादी जति बन्नु बनी सक्नु भयो राष्ट्रवादी भएर काम छैन आफ्नो दुनो सोझाउनु होस र नाति हृदयेन्द्र शाहलाई राजगद्दीमा बसाल्ने तर्फ भावी रणनीति बनाउनुहोस ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
प्रतिक्रिया