सामाजिक संघसंस्थाले बालबिवाह न्यूनिकरणमा कार्य गर्नुपर्छ

इनेप्लिज २०७७ माघ १२ गते १०:४९ मा प्रकाशित

विराटनगर,

सामाजिक संघसंस्थाले समाजमा कुसंस्कारको रुपमा रहको बालबिवाह न्यूनिकरण,अशिक्षा,महिला सशक्तिकरण,शीपमूलक तालीममा उर्जा खर्च गर्नु पर्ने आज यहाँ सहभागीहरुले बताउनु भएको छ।

गैर सरकारी संस्था महासंघ नेपाल मोरङको १६ औं बार्षिक साधारण सभा एवं नौ औ जिल्ला अधिवेशन उद्घाटनका अवसरमा उहाँहरुले सरसफाई,गर्भवती महिला स्वास्थ्य जाँच,छोरीलाई शिक्षा र कृषिमा व्यवसायिक शीप आदि विषयमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनु भयो।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल सभाको उद्घाटन गर्दै संस्थाले विदेशी दातृ निकायबाट प्राप्त अनुदान पारदर्शी एव)जवाफदेहि ढङ्गबाट मानवीय,परोपकार र पिछडिएका क्षेत्रमा खर्च गर्नुपर्ने बताउनु भयो।

उहाँले समितिले संघसस्थाको गरेको क्रियाकालपको अनुगमन,निरीक्षण र मूल्याङक गर्ने बताउदै नविकरण भएका सवै संस्थाले वार्षिक प्रतिवेदन अनिवार्य समितिमा वुझाउनु पर्नेमा जोड दिनु भयो।

प्रदेश सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले प्रदेश र स्थानीय सरकारको सहकार्यमा संस्थाले सामाजिक क्षेत्रमा कार्य गर्न आग्रह गर्नु भयो।

संस्थाका अध्यक्ष प्रभा अधिकारी,मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खडका,गैसस महासंघका केन्द्रीय सचिव उमेश विश्वकर्मा,नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी लगायतले सीमान्तकृत समुदायमा शिक्षा, स्वास्थ्य क्षेत्रमा संस्थाले कार्य गर्नुपर्नेमा जोड दिनु भयो।

संस्थाका सचिव राजेन्द्र ढकालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष नारायण कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

सोही अवसरमा बालवालिका, युवा र अपाङ क्षेत्रमा कार्य गर्ने शिशु सेवा समिति विराटनगर,ललित्य युवा क्लव वुढीगंगा मोरङ र ग्रामीण अपाङ सेवा समिति राजघाट मोरङलाई सम्मान गरिएको छ।

गृह मन्त्रालयमा ९० हजार गैरकारी संस्था दर्ता रहेका छन् भने समाज कल्याण परिषदमा ४८ हजार छन् तर महासंघमा छ हजार ८७१ मात्र आवद्ध रहेका छन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङमा २४५ सस्था दर्ता रहेका छन् भने महासंघको मोरङ जिल्लामा मात्र ५५ वटा आवद्ध रहेको छ।

प्रतिक्रिया