भण्डारीको शंकास्पद मृत्यु –दोषी माथि कारवाहीको माग

इनेप्लिज २०७७ माघ ११ गते १४:५१ मा प्रकाशित

 

विराटनगर,

मोरङको पथरी शनिश्चरे नगरपालिका– १० जिरीखिम्तिका १९ बर्षीय सन्दिप भण्डारीको शंकास्पद मृत्यु भएको घटनाको निश्पक्ष छानवीन गरी दोषीमाथि कारवाहीको माग परिवारले गरेको छ।

आफन्तहरू एवं छिमेकीहरुले पत्रकार सम्मेलनको आयोजना गरी घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथि आवश्यक करवाहीको माग गरेका छन्।

भण्डारीको गएको पुस १४ गते पथरी शनिश्चरेका नगरपालिको मंगलबारे स्थित युवराज बास्कोटाको घरमा मृतक अवस्थामा शव भेटिएको थियो।

वाँस्कोटाको घरमा सुत्न जाने भन्दै भण्डारी गएको पुस १३ गते गएकोमा उनको शरीरमा निलडाम र कानमा पनि चोट रहेको मृतकका आमा राधिका भण्डारीले जानकारी दिइन्।

छोराको मृत्यु नभएर हत्या भएकोले प्रहरीले गहन रुपमा अनुसन्धान गरि दोषिलाई कारवाहीको दायरमा ल्याउनुपर्ने उनले माग राखिन्।

मृत्यु भएको यतिका दिन भैसके पनि अहिले सम्म प्रहरीले आरोपीका सम्वन्धमा गहन अनुसन्धान नगरेको आरोप लगाइन।आफूले किटानी जाहेरी दिएको एक साता भन्दा बढी समय वित्दा पनि प्रहरीले पक्राउ गरि अनुसन्धानको दायारामा नल्याएको गुनासो व्यक्त गर्नु भयो।

मृतकका आमा भण्डारीले छोराको हत्या आरोप लगाउँदै बाँस्कोटा विरुद्ध किटानी जाहेरी इलाका प्रहरी कार्यालय पथरीमा दिएकी थिइन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले भिसेरा रिपोट अहिलेसम्म नआएकोले अहिले नै के हो स्पष्ट हुन नसकेको बताउनु भयो ।

उहाँले आफू सरुवा भएर आउनु भन्दा अगाडीको घटना भएकोले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिनु भयो।प्रहरी नायव उपरीक्षक खड्काले पोसमार्टम रिपोट आएपनि भिसेरा रिपोट बाट धेरै कुरा खुल्ने भएकोले त्यसको पर्खाइमा रहेको बताउनु भयो।

भण्डारी परिवारको दुई छोरा मध्ये मृतक कान्छो छोरा थिए।

 

 

प्रतिक्रिया