गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१

इनेप्लिज २०७७ माघ ११ गते ११:०१ मा प्रकाशित

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो ।गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन्।यो कुल संक्रमितको ९५ प्रतिशत हो।गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ।नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० जना छ भने २ लाख ६३ हजार ७ सय ३४ जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिनुभयो । सोही अवधिमा औसतमा एक महिनाको अवधिमा ४ हजार जना संक्रमणमुक्त हुने आंकलन गरेको डा सापकोटाले बताउनुभयो।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसकेपनि नेपाल लगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान सुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

चिरन शर्मा

प्रेस संयोजक, कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ

२४ जनवरी, आइतवार, २०२१

NRNA LOGO
Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.

NRNA

Corona Virus Precautions : stay safe
1.Wash hands thoroughly and frequently with soap for 20 seconds.
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings
5.Cover your mouth and nose with mask while in public.

 

प्रतिक्रिया