प्रदेश लोकसेवा आयोगको गरिमा निश्पक्षतामा रहेको छ–प्रदेश प्रमुख अधिकारी

इनेप्लिज २०७७ माघ ९ गते २३:१० मा प्रकाशित

विराटनगर,

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले’प्रदेश लोकसेवा आयोगको गरिमा निश्पक्षतामा रहेको छ बताउनु भएको छ।

प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले जनसमुदायमा रहेको विश्वसनियतालाई स्थापित गराउन सवैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो।

प्रदेश प्रमुख अधिकारीले आयोगमार्फत हुने कार्यहरु ज्ञान,बुद्धि,विवेक, शीप र बौद्धिकताको उचित प्रयोग गरी राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने कुरामा जोड दिनुभएको छ।

उहाँले आयोग सबैका लागि र सधैका लागि विश्वासिलो,निश्पक्ष, तटस्थ, पारदर्शी बनी रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।

प्रदेश प्रमुख अधिकारीले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिकाको विमोचन गर्नु भयो।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई,प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल,प्रदेश लोकसेवा आयोगका सदस्य सजना दाहालले सर्वसाधारणमा लोकसेवा आयोगप्रतिको विश्वासलाई सदैव कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

आयोगका सदस्य टीकादत्त राईले आयोगले एक वर्षको अवधिमा गरेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो।

 

प्रतिक्रिया