आयुस्ना श्रेष्ठको ईलुस्ट्रेसन र ईशिता पालिवालको लेखनमा कबिता संग्रह प्रकाशन

इनेप्लिज २०७७ माघ ४ गते ४:३८ मा प्रकाशित

टोरोन्टो,टोरोन्टो बिस्वबिद्यालयमा स्वास्थ्य तथा जीबन बिज्ञान बिषयमा अध्ययनरत नेपाली बिद्यार्थी आयुस्ना श्रेष्ठको ईलुस्ट्रेसन र मायक मास्टर बिस्वबिद्यालयमा अध्ययनरत बिद्यार्थी ईशिता पालिवालको लेखनमा कबिता संग्रह “दि सन, दि मून एण्ड अल दि स्टार्स” हालै प्रकाशित भएको छ।

लेखिका ईशिता पालिवालले सो कबिता संग्रहमा साहस,संक्रमण र आत्म सत्य लगायत बिभिन्न कारणले गर्दा सिर्जिएको चिन्ता र अबसाद पछिको मानसिक बिजय बारे कबिताको माध्यम बाट ब्यक्त गरेकि छिन। “भाबनात्मक उदारता उभय पक्ष हो,जोखिमको बेला आफूले आफैलाई बुझेर हेरचाह गर्नु प्राथमिकता हो भने आफैले आफू लाई माया गरेर बिस्वास गर्नु महत्वपूर्ण हो” भन्ने जीबन दर्शणका लयहरु कबिताको माध्यम बाट लेखिका ईशिता पालिवालले आफ्नो पुस्तकमा उजागर गरेकि छिन।लेखिका ईशिता पालिवाल सो पुस्तक बिकास र जोखिमको कथा भन्न रुचाउछिन।

सो पुस्तकमा समेटिएका प्रत्यक कबिताहरुको भाबनाहरु संग तादात्म्यता हुने गरि कलात्मक,काल्पनिक र सिर्जनात्मक चित्रहरु बनाई कबिताको मनसाय चित्रको माध्यम बाट प्रतिबिम्बित गर्न आफूले प्रयास गरेको ईलुस्ट्रेटर आयुस्ना श्रेष्ठ बताउछिन।चित्रहरुमा आफूले खास गरि बिचार,हेरचाह र स्नेह लाई केन्द्रित गरि कोरेको बताउनु भयो।पुस्तकको अग्रपृष्ठ एबम सम्पूर्ण अभिकल्पना आयुस्ना श्रेष्ठले गरेकि हुन।

टोरोन्टोको स्कार्बोरो निबासि बिनोद श्रेष्ठ र अणु श्रेष्ठ कि सुपुत्री आयुस्ना श्रेष्ठ आफै पनि बिभिन्न लेखहरु लेखी प्रकाशित गर्दै आएकि छिन भने क्यानेडियन नेवाः गुथिको युबा समितिको नेतॄत्व गर्दै गुथिको बिभिन्न कृयाकलाप र नेवाः सस्कृति संबर्द्दनमा युबा समुह लाई संलग्न गराउदै आफू पनि संलग्न हुदै आएकि छिन ।समाज सेवामा रुचि भएकि श्रेष्ठ बिभिन्न संघ संस्थाहरुमा पनि स्वयं सेवा गर्दै आएकि छिन।

आइ.एस. बी. एन. ९७८-१-७७७४९६७-२-२ (पुस्तक ) र आइ.एस. बी. एन. ९७८-१-७७७४९६७-०-८ (ई-पुस्तक) भएको उक्त पुस्तक बिक्री बाट आउने संपूर्ण फाईदा बालबालिकाहरुको नेतृत्व बिकासमा कार्यरत टोरोन्टो स्थित गैर्ह नाफामुखि संस्था “फ्युचर पासिबिलिटिज फर किड्स” लाई जाने र पुस्तक अमेजन मार्फत प्राप्त गर्न सकिने ईलुस्ट्रेटर आयुस्ना श्रेष्ठ बताउछिन।

प्रतिक्रिया