बेलायती रानी एलिजाबेथ र राजकुमार फिलिपले कोरोना विरुद्धको खोप लगाए

इनेप्लिज २०७७ पुष २५ गते १८:२१ मा प्रकाशित

 


लण्डन । बेलायती रानी एलिजाबेथ र राजकुमार फिलिपले कोरोना विरुद्धको खोप लगाएका छन् । बकिङहाम प्यालेसले बताएअनुसार रानी र ड्यूक अफ एडिनबर्गले कोरोनाभाइरस खोप लगाएका हुन् ।

प्यालेसका एक प्रवक्ताका अनुसार यी दम्पतीले आज आफ्नो कोभिड-१९ ज्याबको पहिलो खुराक प्राप्त गरेका हुन् । यो सुई विन्डसर क्यासलमा शाही परिवारका डाक्टरले दिईएको बताईएको छ ।

९४ वर्षीया रानी र ९९ वर्षीय फिलिपले आफ्नो बर्कशायर आवासमा शान्त रुपमा क्रिसमस मनाएका थिए ।

बेलायतमा अहिलेसम्म दस लाखभन्दा बढी मानिसहरूले सो खोप लगाई सकेका छन् ।

प्रतिक्रिया