ऐतिहासिक दिब्य रथमा सवार गर्न सक्लान त देउवाले ?

दीपक पन्त २०७७ पुष २२ गते १:१९ मा प्रकाशित

नेपाली राजनीतिमा बिल्कुलै फरक पहिचान बनाएका प्रजातन्त्रबादी नेता तथा पूर्व प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला (वि.पि. )नौलो नाम होइन् । उनकै छत्र छायाँमा हुर्केका, सहयोगीका रुपमा अघी बढेका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला बिराटनगर जुट मिल आन्दोलनको नेतृत्व पछि उदाएका नेता हुन् ।

४६ सालको जन आन्दोलन पछि रास्ट्रिय राजनीतिमा मुख्य भूमिकामा देखिएका गिरिजा प्रसादको राजनैतिक /सामाजिक जीवन उनको सकृय जीवन कालमा अत्यन्तै उथल पुथल रह्यो ।

जीवनको उत्तरार्धसम्म आइ पुग्दा निकै बिबादित भएका गिरिजा प्रसाद, २०६२/६३ को जनआन्दोलनको नेतृत्वसँगै उनको सारा राजनैतिक तिकडम ,नेतृत्व असक्षमता ,भ्रष्टाचार आदि शिर्षकमा लागेका कलंकहरु पखालिएका थिए ।

जीवनको अन्त्यसम्म आइपुग्दा उनले एक आधा बिषयमा आत्मलोभ नदेखाएर उनले कल्पना गरेका समायोजनका मोडलहरु स्थापित गरेका भए राजनैतिक वृतमा शान्ति स्थापनाको भूमिकामा लेखिएको गिरिजा प्रसादको नाममा अझ एउटा स्वर्ण बर्ण थपिने कुरामा दुइ मत थिएन । तथापि उक्त समय उनले गरेको अलौकिक साहस ,एकता शान्तिका लागि गरेको ऐतिहाँसिक सम्झौताले नेपाली राजनीतिमा गिरिजा प्रसादको कद स-सम्मान लिने गरिन्छ ।

राजनैतिक जीवनमा गरेका सयौं खुरापाती कामहरु ,अलोकप्रिय निर्णयहरु ,राजनैतिक बेइमानीहरु , भ्रष्टाचार जन्य आरोपहरु ,२०६२/ ६३ को एकै गंगामा नुहाएर गिरिजा प्रसाद नरबाट नारायण बने भन्दा त्यति फरक नपर्ला । यद्यपि इतिहाँस गतिशील हुन्छ । त्यति मै टक्क अडिदैन । समय घटनाक्रम सँगै राजनैतिक निर्णयहरु बदलि रहन्छन् । तर पनि एक समयमा इतिहाँस लेखेका व्यक्तित्वहरु दीर्धकाल सम्म राजनीतिक वृतमा चर्चा /परिचर्चामा रहि रहन्छन् ।

राजनैतिक चक्रले नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउपा पनि एउटा छुट्टै मोडमा उभिन पुगेका छन् । ४/४ पटक देशको प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउपाको कार्यकालमा उल्लेखनीय खासै सम्झन लायक कार्यहरु भेटिदैनन् । जोडघटाउ गरी सत्ता टिकाउन माहिर खेलाडी देउपालाई सत्ता टिकाउने खेलको राम्रो ज्ञाता मानिन्छ । “भिजिट नेपाल नाइण्टि एट ,मिनिष्टर नम्बर फोर्टी एट” का पगरी देखी आइ.जी.,शुशिला,एम.सी.सी,ने.का. फुटाउने देखी पारिवारिक ,गुटबन्धी नेता बनाउने सम्म, प्रचण्डसँगको सहकार्य देखि धर्म निरपेक्ष हुँदै बालुवाटार काण्डसम्म मुछिएका देउवा राजनैतिक कलंकहरुका बिबादका धेरामा मुछिएको उनको राजनैतिक जीवनमा गिरिजा प्रसादले ०६२/६३ को गंगा जलले अमरत्व प्राप्त गरे जस्तै के.पी.ओलीको मुर्खतापूर्ण आबेगात्मक /प्रतिक्रियात्मक तर अलौकिक साहस र प्रचण्ड माधवको लुप्त तृष्णाको अन्तरद्वन्दबाट फेरि एक पटक गया /काशी बनारस बागमती किनार मै उपलब्ध भएको अवस्था छ ।

नेकपाको आन्तरिक अन्तरद्वन्दको उत्कर्ष स्वरुप अकल्पनीय ढंगबाट भएको संसद बिघटन र त्यसको उभारले ल्याएको नयाँ राजनैतिक तरंगमा ,प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई फेरी एक चोटी राजनैतिक इतिहाँसले केन्द्र बिन्दुमा तानेको छ ।

यद्यपि यो ऐतिहाँसिक रथ तान्ने नैतिक/ राजनैतिक साहस सभापति देउवाले गर्छन् कि गर्दैनन् ? त्यो हेर्न अब धेरै बेर कुर्नु नपर्ला ।

त्यसो त ने.का. पार्टी भित्र पनि कोइराला, पौडेल र सिटौला समुहको घेरा बन्दीमा रहदै आएका देउपा त्यति धेरै बोल्ड निर्णय गरी चर्चा गरेको इतिहाँस देखिदैन् । तथापि उनको काँधमा अहिलेको विषम परिस्थितिको विषम बिषयको निर्णय लिनु पर्ने जिम्म्बेबारी आएको छ ।

संसद बिघटनको बिषय सम्मानित सर्बोच्च अदालतमा प्रवेश गरी सकेको अवस्था छ । यद्यपि यो बिषय हरेक नेपाली मनको जन अदालतमा पनि प्रवेश गरी सकेको छ ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीको कदम ,असंबैधानिक ठहर गर्दै सडक आन्दोलन गर्न थालेको छ । धेरै आम कार्यकर्ताहरु यस निर्णयबाट खुशी छैनन् । इमान्दार पार्टीका कार्यकर्ता भएर सभा सम्मेलनमा भाग लिई रहेका केन्द्रिय स्तरका नेताहरु नै दिग्भ्रमित भएका छन् । धर्म निरपेक्षका बिषयमा पार्टी भित्र जोडदार आबाज उठाएका पूर्व मन्त्री शंकर भण्डारी देखी घर्म र राजतन्त्रजस्ता विवादित बिषयमा आफ्ना फरक मत दिदै आएका महामन्त्री शशांक कोइराला सम्मले यो ऐतिहाँसीक निर्णयमा सुझबुझ पूर्ण निर्णय गर्नु पर्ने हुन्छ ।

काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टी निर्वाचनको बिषयमा फरक मत राख्नु समयको माग हो वा होइन ? यो जिम्मेबारी देउपाले लिनु पर्ने अबस्था आएको छ । यदि काँग्रेस निर्वाचनको साच्ची नै बिपक्ष मागयो भने ,हामी याहाँ छौ भन्दै सडकमा देखिएका प्रचण्ड- माधब समुहलाई बल पुग्ने र निर्वाचन हुने सम्भावना पनि रहदैन् । यसले ल्याउने अस्थिरताको जिम्मेबारी कांग्रेसले ओलीको टाउकोमा मात्र थोपरेर नेपाली जनताले पत्याउलान् ? शंकाको दृष्टि गोचरमा बाहुल्यता देखिन्छ ।

इतिहाँसले मागेको यो अदम्य साहसमा र नेतृत्वमा देउपाको ऐरावत सहित इन्द्र रथ हाक्ने तागत छ/छैन ? हेर्न बाँकी नै छ । सयौं पाखण्ड कर्महरु बीच गङ्गा /गंगोत्री स्नानले जीवन /आत्मा उन्मुक्त भएको मान्यता जस्तै यो महा मृतुन्जय शिव पुराणमा लुकेरै सही शुकदेव स्वामी बन्ने सौभाग्यलाई किन नलिने ?

भूमिगत आन्तरिक द्वन्दबाट थला परेको राजनैतिक अबस्था र सकृय राजतन्त्रको कठीन मोड मागिरिजा प्रसादले समकक्षी पार्टीहरु तत्कालिन नेकपा एमाले लाइ विश्वासमा लिदै द्वन्द रुपान्तरण र सकृय राजतन्त्रलाई एकै चोटी परास्त गरेका थिए ।

जीवनको उत्तरार्धमा गरेको यो राजनैतिक साहसिक निर्णयले गिरिजा प्रसादले पोजेटिभ नोटमा राजनैतिक जीवन अन्त्य गरेको इतिहाँस बोकेको काँग्रेस पार्टी लाई फेरि इतिहाँसले उही मोडमा पुर्याएको निष्कर्ष सामान्य नेपाली जन मानसले देखेको तथ्यलाई नकार्न सकिदैन् ।

सुखद इतिहाँस रच्ने निर्णय गर्दै अलौकिक क्षमताको दिब्य इन्द्र रथ सवार गर्ने मति ने.का. सभापति देउवालाई मिलोस् । यही अंग्रेजी नयाँ बर्षको २०२१ को शुभ कामना !

 

प्रतिक्रिया