नेकपा सुदूरपश्चिम प्रदेशकोआयोजनामा बिशाल जनसभाको आयोजना सभामा ५० हजार मानिस उतार्ने आयोजकको दावी,सभालाई प्रधानमन्त्री ओलीद्धारा सम्बोधन हुने

वीरेन्द्र रावल २०७७ पुष २१ गते २३:०७ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,पोैष २२ ÷नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा शुक्रबार धनगढीमा बिशाल जनसभाको आयोजना गरिएको आयोजकले जनाएको छ।
उक्त जनसभालाई सम्बोधनका लागि प्रधानमन्त्री ओली धनगढी आउन लागेको कुरा जनसभा मूल आयोजक समितिको सञ्चार सयोजक दिपक प्रसाद देवकोटाले जानकारी दिएका छन्।

नेकपा पार्टी भित्र देखापरेका समस्या,संसद बिघटन र आगामी बैशाखमा सिफारिस गरिएको निर्वाचनका सम्बन्धमा जनमानसमा उत्पन्न भ्रम र यर्थाततका बारेमा चिफार गर्न प्रधानमन्त्री ओली धनगढी आउन लागेका हुन।

प्रधानन्त्रीको ओलीले सम्बोधन गर्ने जनसभालाई भव्य,सभ्य र प्रभावकारी बनाउनका लागि नेकपा सुदुरपीश्चम प्रदेशका संयोजक कर्ण थापाको संयोजकत्वमा २ हजार ५ सय २५ सदस्यीय जनसभा मूल परिचालन समितिको गठन गरिएको छ।

जनसभा सम्पन्न गर्नका लागि दिपक प्रसाद देवकोटाको संयोजकत्वमा आथिृक उपसमिती,मञ्च व्यवस्थापन तथा सामग्री व्यवस्थापन उपसमितिको संयोजकमा रण बहादुर चन्द,यातायात व्यवस्थापन उपसमितीको संयोजकमा देव बहादुर बम, अतिथी सत्कार एवं आवास व्यवस्थापन समितिको संयोजकमा नारदमुनी राना ,जनपरिचालन उपसमितिको संयोजकमा लिला भण्डारी,स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा राजेश खाती,स्वास्थ्य उपचार उपसमितिको संयोजकमा डिल्लीराज भटट्,सहित विभिन्न उपसमितिहरु गठन गरिएका छन्।जनसभामा कैलाली कञ्चनपुर लगायत पहाडी जिल्लाबाट पनि पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागि हुने आयोजकले जनाएको छ।

जनसभामा ५० हजारको संख्यामा मानिसहरु सहभागि गराउने लक्षय रहेको र जिल्ला आसपासका क्षेत्रमा ४ सय बसहरु परिचा लन गरिने पनि आयोजकले जानकारी दिएको छ ।

संसद पबघटन पश्चात देशमा उत्पन्न असहजता,राजनीतिक अन्यौलतालाई चिर्नका लागि प्रधानमन्त्री केपीशर्मा ओलीले देशव्यापी जनसभाहरु गर्ने र गुट उपगुट अनि पार्टीको मूल प्रवाहलाई व्यवस्थित गर्नका लागि सहभागि हुने कार्यक्रमहरुको थालनी सुदूरपश्चिमबाट थालनी हुने पनि आयोजले जानकारी दिएको छ।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम लाई सभ्य,भव्य बनाउका लागि सबै प्रकारका तयारीहरु र मञ्च व्यवस्थापनका कार्यहरु तिब्र रुपले अगाडी बढिरहेको पनि सञ्चार उपसमितिका संयोजक दिपक प्रसाद देवकोटाले जानकारी दिएका छन्।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया