बेलायतमा अक्सफोर्ड/एस्ट्राजेनेकाको कोरोना बिरुद्ध खोप लिने पहिलो व्यक्ति ८२ बर्षिय पिन्कर

इनेप्लिज २०७७ पुष २० गते ११:५९ मा प्रकाशित

बेलायतमा अक्सफोर्ड/एस्ट्राजेनेकाको कोरोना बिरुद्धको खोप लिने पहिलो व्यक्ति ८२ बर्षिय ब्राइएन विलियम पिन्कर भएका छन । उनले जनवरी ४ सोमबार बिहान चर्चिल अस्पताल अक्सफोर्डमा स्वास्थ्य परिचारिका(नर्स)साम फोस्टरबाट लिएका हुन् ।

“आज कोभिड खोप पाएकोमा म खुसी छु र मलाई गर्व छ कि यो एउटा हो जुन अक्सफोर्डमा आविष्कार गरिएको हो ” उनले भने।

“यो खोप मेरो लागि सबै कुरा हो, मेरो दिमागमा यो सामान्य जीवनमा फर्कने एक मात्र तरिका हो।

यो भाइरस डरलाग्दो छ, हैन त? ” उनले भने । पिन्करलाई शनिबार पहिलो पटक उनले खोप लिन लागेको थाहा थियो । र उनलाई खोप लिने पहिलो बिरामी हुने भनिएको थियो। “मलाई प्रसिद्ध व्यक्ति हुन धेरै लामो समय लाग्यो,” उनले भने।

युकेका स्वास्थ्य सचिवले एस्ट्राजेनेकाको खोप लगाउन आज यूकेमा शुरू भयो र “वास्तविक महत्वपूर्ण क्षण” उनले भने ।

खोप दिने प्रमुख स्वास्थ्य परिचारिका (नर्स )साम फोस्टरले भनिन : “यहाँ अक्सफोर्डको चर्चिल अस्पतालमा पहिलो अक्सफोर्ड खोप वितरण गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य हो।

श्रोत : सिएनएन

प्रतिक्रिया