मनोज दाहाल,
विराटनगर,१९ पुस : प्रदेश नं १ का सामाजिक विकास तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले अपाङगता न्यूनिकरण एवं पुनस्र्थापनामा सवैका सहयोग आवश्यक रहेको बताउनु भएको छ।
सामाजिक विकास मन्त्रालय, स्थानीय पालिका र करुण फाउण्डेशको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत ४५ दिने तालीमको आज यहाँ उद्घाटन गर्दै स्थानीय क्षेत्रमा अपाङगता व्यक्तिलाई समाजमा पुनस्र्थापना गर्न र जिवन सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
मन्त्री कार्कीले तालीमबाट प्राप्त ज्ञान अपाङगता न्युनीकरणका लागि प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नु भयो।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले अपाङगताहरुलाई पुनस्र्थापना गर्न सहजकताको ठूलो भूमिका रहेको चर्चा गर्दै यस कार्यमा महानगरपालिकाले विगत देखि सहयोग गर्दै आएको स्मरण गराउनु भयो।मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले समुदायमा आधारिता कार्यक्रम भएकोले निरन्तरता दिने जानकारी दिनु भयो।
प्रदेश सरकारले गत वर्षदेखि अपाङगता रोकथाम एवं पुनर्स्थापनाका लागि ६९ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ।
प्रदेश सरकार,स्थानीय सरकार र करुणा फाउण्डेसन वीचको सहकार्यमा तीन बर्षे कार्यक्रम अन्तर्गत गत वर्ष मोरङ,सुनसरी,धनकुटा र पाँचथरका २७ स्थानीय तहमा कार्यक्रम शुरु गरिएको थियो भने यस बर्ष मोरंग,सुनसरी,संखुवासभा र भोजपुरका गरि थप ३१ स्थानीय तहका कार्यक्रम शुरु गरिएको करुणा फाण्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताउनुभयो।इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघि देखि नै कार्यक्रम सञ्चालनमा रहेको छ।
करुणा फाण्डेसनका सह निर्देशक योगेन्द्र गिरीले अपाङ्गता न्युनीकरणको काम निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले तीन वर्षे सम्झौता अनुरुप प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो।
तालीममा स्थानीय तहले नियुक्ति गरेको पुनस्र्थापनामा आधारित सहकर्ताहरुले ४५ दिनमा २७० घण्टा तालीम प्राप्त गर्ने छन्।
तालीम प्राप्त सहजकर्ताले आफ्नो पालिकामा स्थलगत रुपमा अपाङ्गता भएका व्यक्तिका वाधा अड्चान,समस्या आदि पहिचान गर्ने,अपाङगता व्यक्तिलाई घरघरमा फिजियो थेरापी गर्ने,स्वास्थ्य शिविरमा आयोजना गरी आवश्यक सामाग्री उपलव्ध गराउनुका साथै उनीहरुलाई सहज जीवनयापनमा सहयोग पुर्याउनु तालीमको मुख्य उद्देश्य रहेको सह निर्देशक गिरीले बताउनु भयो।
यसैगरी उनीहरुले सत्केरी महिला र नवजात शिशुलाई चेकजाँच गर्नुका साथै नेपाल सरकारको नियम अनुसार चार पटक लगाउने खोप मध्ये २४ घण्टे वाहेक अन्य तीन खोप लगाउने छन्।
पत्रकार
प्रतिक्रिया