पोर्चुगलमा एकसाता भित्र ३ नेपालीहरुको मृत्यु

इनेप्लिज २०७७ पुष १९ गते १२:५३ मा प्रकाशित

पोर्चुगलमा एकसाता भित्र ३ नेपालीहरुको मृत्यु भएको दुखद खबर छ । उक्त मृत्युको खबरले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदाय शोकमा डुबेका छन् । ३ जना मध्ये एक ४०-५० बर्षकी महिला र २७ बर्षिय मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको हो भने अर्का १ बर्षिय बालकको ब्लड क्यान्सर(रक्त अबुर्दरोग)बाट मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण पोर्चुगलमा ज्यान गुमाउने महिला तेश्रो नेपाली हुन् भने उनि एक बर्ष अगाडी मात्रै पोर्चुगल आएकी थिईन्। कोरोना संक्रमणपछि कोइम्ब्रा अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।

यसै गरि ब्लड क्यान्सरले एक बर्षीय बालकको गत शुक्रबार मात्रै उपचारकै क्रममा लिस्बनमा मृत्यु भएको छ । त्यसै गरि यसै साता मात्रै तनहुँ स्थाई घर भएका एक २७ बर्षिय नेपालीको कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएको थियो ।

पोर्चुगलमा मात्रै कोरोना संक्रमणका कारण आज मात्रै ७३ जनाको ज्यान गएको छ भने ३ हजार २ सय ४१ जना नयाँ संक्रमित फेला परेका छन्। पोर्चुगलमा कोरोना संक्रमणका कारण हालसम्म ७ हजार ४५ जनाले ज्यान गुमाईसकेका छन्।

प्रतिक्रिया