नेपालि टोपी प्रतिष्ठान, गण्डकी

इनेप्लिज २०७७ पुष १७ गते ३:४९ मा प्रकाशित

सर्वप्रथम, संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक क्षेत्रमा जमघट, भेटघाट तथा सामाजिक कार्यहरु बर्जित भएको यस दुःखद् घडिमा देशको राष्ट्रियतासंग जोडिएको नेपाली टोपी तथा आठौं नेपाली राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकी प्रदेशको तर्फबाट हार्दिक शुभकामना तथा शुभेच्छा प्रकट गर्दछौं ।

हालको समयमा कोभिड महामारी र यसले मानव स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस वर्ष टोपी प्रतिष्ठान गण्डकीका तर्फबाट भौतिकरुपमा मानिसहरु भेला भई गरिने कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरिएको जानकारी छैन । संसारभर विभिन्न मुलुकमा वसोवास गर्ने सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा यस पटकको टोपी दिवस सामाजिक दूरी कायम गरी, स्वास्थ्य सम्बन्धी सबै नियमहरु पालना गरी नियम परिधिभित्र रही मनाउनुहुन विशेष अनुरोध गर्दछौं ।

नेपाली टोपी दिवसले नेपाल भित्र र बाहिर वसोवास गर्ने सम्पूर्ण नेपालीहरुले आआफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछन् । नेवार भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपूजा र भाइटीका गर्दा लगाइने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई ढाका भनिन्छ । ढाकाबाट बुनिएको टोपीलाई ढाका तपुलि भनिन्छ जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिन्छ ।

ढाका टोपीको ढाका शब्द लाई बंगलादेशको राजधानी ढाका संग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधि बाट उत्पादित कपडा बाट बनेको हो भनेर गलत प्रचार गरिएको छ।जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।

र अन्त्यमा, नेपालभित्र र बाहिर वसावास गर्ने सम्पूर्ण नेपालीहरुले आआफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछन् ।यस अवसरमा गण्डकी प्रदेशमा तथा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली मूलका सबै नागरिकहलाई यही पुस १७ गते (जनवरी १ तारिख, २०२१) का दिन आफ्नो अवस्था अनुकुल अनुसार नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्नु हुन विशेष अपिल गर्दछौं । धन्यवाद ।

महेश्वर सिंह भण्डारी
अध्यक्ष

सचिन रानाभाट
सचिव
नेपालि टोपी प्रतिष्ठान, गण्डकी ।

प्रतिक्रिया