प्रहरी हत्यामा संलग्न फरार मुख्य अभियुक्त पक्राउ पछि सार्वजनिक

वीरेन्द्र रावल २०७७ पुष १४ गते ०:१६ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,पौष १३÷दुई जना प्रहरीको सामुहिक हत्या गर्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालय कैलालीको निरन्तरको खोज पडताल पछि हत्यामा संलग्न फरार भनिएका एक जना पक्राउ परेका छन्।पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलवारीको नेपाल–भारत सीमाक्षेत्रबाट आइतबार साँझ साढे ७ बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०७७ कार्तिक १ गते २ प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनको खोजी कार्यलाई तीव्र पारेको थियो।अन्ततः रानालाई पक्राउ गर्न सफल जिल्ला प्रहरी कार्यालय कैलालीले रानालाई पत्रकार सम्मेलनको आयोजनागरि सार्वजनिक गरेको हो।

प्रहरी हत्यामा संलग्न अन्य एक जना व्यापारी सहित ८ जनालाई पक्राउ गरि कारवाहीको प्रकृया अघि बढाई सकेको छ।प्रहरीकै अनुसन्धान अनुसार धनगढी जुुगेडा क्षेत्र तस्करीको ट्रान्जिट क्षेत्र हो।जुु्न मार्ग बाट नेपाल बाट भारत र भारतबाट नेपालमा अवैध सामान ओसार पसार हुन्छ।गत कार्तिक १ गते अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद नियमित गस्तीमा थिए।उनीहरु अर्को दिन विहानसम्म पनि नफर्के पछि वेपत्ता भएको भन्दै प्रहरीले खोजीकार्य थाल्यो। बिकको लास कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो भने २ दिनपछि साउद सब मोहना नदीमै मृत अवस्थामा फेला परेको थियो।प्रहरी हत्या घटनाको पछाडि नेपाल बाट भारतीय बजार सुदा लगायत क्षेत्रमा केराउ (मटर) को अवैध ओसारपसार मुख्य कारक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमसेर जबरा बताएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीले केहि समय यता कैलाली जिल्लमा अपराधिक गतिविधीमा संलग्न भएका व्यीक्तहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको पाइएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया