सामाजिक विकास मन्त्री कार्की द्धारा पदबहाली

मनोज दाहाल २०७७ पुष १३ गते २३:५६ मा प्रकाशित

मनोज दाहाल,

मोरङ,१३ पुस (रासस): प्रदेश नं १ को सामाजिक विकास मन्त्रीमा हिक्मतकुमार कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ।आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो।

उहाँले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ बमोजिम प्रादेशिक एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन सम्वन्धि निर्णयमा पदभार ग्रहण गर्दै हस्ताक्षर गर्नु भएको छ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की,महाशाखा प्रमुख, कर्मचारीहरुले स्वागत गर्नु भएको थियो।सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतवार पदबाट राजीनामा दिनुभएको थियो भने हिजो नै मन्त्रालयले विदाई गरेको थियो।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया